४ चैत्र २०८२, बुधबार | Thu Mar 19 2026

समृद्धि फाइनान्सले फागुन ८ गतेदेखि हकप्रद निष्काशन गर्ने

२५ माघ, काठमाडाैँ । समृद्धि फाइनान्स लिमिटेडले फागुन ८ गतेदेखि हकप्रद शेयर निष्काशन गर्ने भएको छ। फाइनान्सले हाल कायम शेयरधनीलाई २ कित्ता शेयर बराबर नयाँ १ कित्ता शेयरको अनुपातमा हकप्रद शेयर निष्काशन गर्न लागेको हो।

जसअनुसार फाइनान्सले १०० रुपैयाँ अंकित दरका २७ करोड २९ लाख ७० हजार ५०० रुपैयाँ बराबरको २७ लाख २९ हजार ७०५ कित्ता हकप्रद जारी गर्नेछ।

हकप्रद निष्काशनका लागि फाइनान्सले पुस ११ गते बुकक्लोज गरेको थियो। पुस १० गतेसम्म नेप्सेमा कारोबार भई कायम रहेका फाइनान्सका शेयरधनीहरुले मात्र उक्त हकप्रदमा शेयरमा आवेदन दिन सक्नेछन्।

फाइनान्सको हकप्रद शेयरको बिक्री प्रबन्धक बिओके क्यापिटल मार्केट लिमिटेड रहेको छ। उक्त शेयरमा फागुन २९ गतेसम्म आवेदन दिन सकिनेछ ।

क्रेडिट रेटिङ एजेन्सी इक्रा नेपालले फाइनान्सलाई इक्राएनपी आईआर सिंगल सी रेटिङ्ग प्रदान गरेको छ। यसले वित्तीय दायित्व पुरा गर्न उच्च जोखिममा रहेको संकेत गर्दछ।

हाल ५४ करोड ५९ लाख ४० हजार ९०० रुपैयाँ रहेको यस कम्पनीको चुक्ता पूँजी हकप्रद निष्काशनपछि ८१ करोड ८९ लाख ११ हजार ४०० रुपैयाँ पुग्नेछ।

प्रकाशित मिति : २५ माघ २०७८, मंगलवार १३:५८