५ जेष्ठ २०८१, शनिबार | Sat May 18 2024

सुनकाे मूल्य तोलामा पाँच सयले बढ्यो


२५ माघ, काठमाडौँ । मंगलबार नेपाली बजारमा सुनकाे मूल्य ताेलामा पाँच सयले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको भाउ तोलाको ९३ हजार एक सय रुपैयाँ कायम भएको छ । सोमबार तोलाको ९२ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो ।

यसैगरी, मंगलबार तेजावी सुनको भाउ तोलाको ९२ हजार ६ सय रुपैयाँ निर्धारण भएको छ । चाँदीको मूल्य तोलामा पाँच रुपैयाँले बढेको छ । सोमबार एक हजार २५५ रुपैँयामा कारोबार भएको चाँदी मंगलबार प्रतितोलामा एक हजार २६० रुपैयाँ निर्धारण भएको छ ।

प्रकाशित मिति : २५ माघ २०७८, मंगलवार १४:३०