१० युवालार्इ जनही एक लाखको राष्ट्रिय युवा प्रतिभा सम्मान प्रदान गरिने
२२ साउन, काठमाडाैँ । युवा तथा खेलकूद मन्त्रालयले अन्तर्राष्ट्रिय युवा दिवसको अवसर पारेर १० जना युवालाई ‘राष्ट्रिय युवा प्रतिभा सम्मान’बाट सम्मान गर्ने भएको छ । अन्तर्राष्ट्रिय युवा दिवस यही साउन २७ गते मन्त्रालयले वार्षिक कार्यक्रमअन्तर्गत युवा तथा युवाको क्षेत्रमा काम गर्ने संस्था तथा व्यक्तिलाई सम्मान गर्न लागेको हो ।
मन्त्रालयका अनुसार शिक्षा, उद्यमशीलता, विज्ञान प्रविधि, सामाजिक रुपान्तरण, कृषि, कला संस्कृति, साहित्य सिर्जना, समाज सेवा, कृषि र उद्यमशीलता तथा सूचना प्रविधि र सञ्चार विधामा १० जनालाई सम्मान गर्न लागेको हो । सम्मानको राशि जनही रु एक लाख रहेको छ ।
राष्ट्रिय युवा प्रतिभा सम्मान कार्यविधि २०७२ बमोजिम राष्ट्रिय युवा प्रतिभा छनोट सिफारिस समितिबाट सिफारिस भई आएका १० व्यक्तित्वलाई सम्मान गर्न लागिएको मन्त्रालयका सूचना अधिकार एवं उपसचिव महेन्द्रप्रसाद पौड्यालले जानकारी दिनुभयो । मन्त्रालयका अनुसार शिक्षातर्फ काठमाडौँ महानगरपालिका– १८÷३६ वर्षीय विनोद शाही ९स्नोयार्ड फाउण्डेशन० लाई माथिल्लो डोल्पामा १४ वर्षदेखि स्वयंसेवक शिक्षक र डोल्पाको सामाजिक विकासमा योगदान पु¥याएबापत सम्मान गर्न लागेको मन्त्रालयले जनाएको छ ।
उद्यमशीलतातर्फ इलाम नगरपालिका–६ इलामका ३५ वर्षीय दिवस श्रेष्ठ सम्मानित हुँदैहुनुहुन्छ । बेत बाँसको सामग्री उत्पादन र बजारीकरण, कुपण्डोलमा अपाङ्गता भएका व्यत्तिलका लागि बेतबाँस सामग्री निर्माणका लागि निर्वाहभत्तासहित निःशुल्क तालीम सञ्चालन गरेबापत उहाँलाई सो सम्मान प्रदान गर्न लागिएको हो ।
विज्ञान प्रविधितर्फ धनुषा जनकपुरका २८ वर्षीय अम्बर मण्डललाई सम्मानित गर्न लागिएको छ । मण्डललाई गहुँ काट्ने ‘नारा एग्रो मेसिन’ र अन्यकृषि उपयोगी उपकरण अविष्कार गरी सफल परीक्षण गर्न सफल भएकाले सो पुरस्कार प्रदान गर्न लागिएको हो । विज्ञानप्रविधितर्फ नै चितवन राप्ती नगरपालिका गडाँैलीका २० वर्षीय सरोज चेपाङ पनि सम्मानित हुँदैछन् । चेपाङले आफैंले प्यारा मोटर निर्माण गरी उडाएका थिए ।
सामाजिक रुपान्तरणतर्फ गुल्मी, मालिका गाउँपालिका–५ छापहिलेकी २८ वर्षीया गंगा खड्का सम्मानित हुँदै हुनुहुन्छ । सुरक्षित महिनाबारी अभियन्ताको रुपका कम गर्नुभएकाले उहाँलाई सम्मान गर्न लागिएको हो । कृषितर्फ कैलालीको धनगढी उपमहानगरपालिका–५ की गोमाकुमारी अधिकारी सम्मानित हुँदैहुनुहुन्छ । साग ग्रुप कृषि फर्म सञ्चालन गरी टिस्युकल्चर प्रविधिबाट केराको व्यावसायिक उत्पादनमा महत्वपूर्ण योगदान पु¥याएबापत उहाँ सम्मानित हुनु लाग्नुभएको हो ।
कला संस्कृति र साहित्य सिर्जनातर्फ जुम्ला चन्दननाथ नगरपालिका– २ डाँडाकोटका ३९ वर्षीय गोविन्द नेपाली सार्की सम्मानित हुँदै हुनुहुन्छ । उहाँले निजी लगानीमा काठमाडौँ फन भ्यालीमा कर्णाली संग्रहालयको स्थापना र १३ वटा साहित्यिक कृति प्रकाशित गरेबापत सो सम्मान पाउन लाग्नुभएको हो ।
सामाजसेवातर्फ नवलपरासी देवचुली नगरपालिका–१५ प्रगतिनगरका ३६ वर्षीय तिलोत्तम पौडेल ९जागृति बाल तथा युवा क्लबका अध्यक्ष० सम्मानित हुँदै हुनुहुन्छ । बाल क्लबको संस्थागत विकास, युवा सशक्तीकरण र नेतृत्व विकासमा योगदान पु¥याएबापत उहाँलाई सम्मान गर्न लागिएको हो ।
कृषि र उद्यमशीलतामा तनहुँका ३७ वर्याीय तेजविक्रम थापा सम्मानित हुँदै हुनुहुन्छ । अर्गानिक कृषि उत्पादन, बजारीकरण र किसानलाई प्राविधिक सहयोग पु¥याएबापत उहाँलाई सम्मान गर्न लागिएको मन्त्रालयले जनाएको छ । सूचना प्रविधि र सञ्चारतर्फ कास्की लेखनाथकी ३३ वर्षीया शर्मिला विश्वकर्मालाई अपाङ्गता भएको व्यक्तिको अधिकारका क्षेत्रमा क्रियाशील रही योगदान पु¥याएवापत सम्मान गर्न लागिएको हो ।
यसैबीच मन्त्रालयले सिफारिसमा परेका व्यक्तिविरुद्ध सम्मानित गर्न नुहने कारण भए सोको उजुरी मन्त्रालयमा यही भदौ २५ गतेभित्र लिखितरुपमा प्रमाणसहित पेश गर्न सम्बन्धित सबैलाई आग्रह गरेको छ ।
प्रकाशित मिति : २२ श्रावण २०७५, मंगलवार १५:५८