९ जेष्ठ २०८१, बुधबार | Thu May 23 2024

सुनको मूल्य बढ्यो, कतिमा भइरहेकाे छ काराेबार ?


२४ माघ, काठमाडौँ । साताकाे दाेस्राे दिन साेमबार नेपाली बजारमा सुनको भाउ प्रतितोला एक सय रुपैयाँले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको भाउ तोलाको ९२ हजार ६ सय रुपैयाँ कायम भएको छ । आइतबार छापावाल सुन तोलाकाे ९२ हजार पाँच सय रुपैयाँमा कारोबार भएको थियो ।

तेजावी सुनको भाउ तोलामा ९२ हजार एक सय रुपैयाँ निर्धारण भएको छ । चाँदीको मूल्य प्रतितोलामा पाँच रुपैयाँले बढेको छ । शुक्रबार एक हजार २५० रुपैयाँमा कारोबार भएको चाँदी साेमबार प्रतितोलामा एक हजार २५५ रुपैयाँ निर्धारण भएको छ ।

प्रकाशित मिति : २४ माघ २०७८, सोमबार ११:०९