२२ बैशाख २०८१, शनिबार | Sun May 5 2024

माधव नेपालको डरले कुनै समय आफ्नै कुर्सी खाली राख्ने देउवा अहिले बैठक पनि बोलाउँदैनन्


२३ माघ, काठमाडाैँ । नेकपा (एमाले)ले माधवकुमार नेपाल नेतृत्वको एकीकृत समाजवादीलाई मान्यता दिएको छैन । त्यतिमात्र होइन, एकीकृत समाजवादीको संसदमा उपस्थिति नै अवैद्य भन्दै आएको छ ।

एमालेले एकीकृत समाजवादीलाई बोलाएको कुनै पनि कार्यक्रममा आफ्नो औपचारिक उपस्थिति स्वीकार गरेको छैन । एमालले यो विषयमा पनि निरन्तर उठाउँदै आएको छ ।

शीर्ष बैठक, प्रमुख दलहरुको बैठकमा पनि एमाले गएको छैन । तर, प्रधानमन्त्री शेरबहादुर देउवाले नै आइतबार एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबिना बैठक बोलाए ।

प्रधानमन्त्री देउवाले एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई बोलाउँदा आफूलाई सरकार निर्माणको किङमेकर मान्ने माधव नेपाललाई बालुवाटारको गेट बन्द गरे ।

कुनै समय बिरोधका डरले देउवाले माधव नेपालका लागि आफ्नो कुर्सी खाली राखेका थिए । तर तीनै देउवाले अब समाजवादीलाई अबैध ठहर गरेका छन । उनले आइतबार माधव नेपाललाई ओलीले जस्तै जस्तै व्यवहार गरे । अर्थात उनलाई दलको प्रतिनिधि मानेन र बैठकमा पनि डाकेनन् ।

एमालेमा रहँदा सधैँ कुर्सीका लागि लफडा गर्ने माधव नेपालले फेरि त्यसै गर्ने डरले सत्तारूढ दलको पहिलो बैठकमा प्रधानमन्त्रीको कुर्सी छाडेर नेपालका सम्मुखमा सोफामा रहेका थिए । तर उनले माधव नेपालले एमाले फुटाउँदा राम्रो धक्का दिन नसकेको भन्दै असन्तुष्टि जनाउँदै आएका छन ।

देउवाले आइतबारको बैठकमा मात्र होइन पछिल्लो समय माधवकुमार नेपाललाइ सरकारी नियुक्ति, राष्ट्रिय राजनीतिका मुल मुद्दामा छलफल हुँदा नेपाललाई बोलाउन छाडेका छन । जसका कारण नेपाल पनि केही रिसाएका छन । यद्यपी रिसाएर र असन्तुष्टि जनाएर पनि केही नहुने भएपछि उनी चुपचाप जस्तै छन । नेपाल स्थानीय चुनावको भने निरन्तर बिरोध गर्दै आइरहेका छन ।

प्रकाशित मिति : २३ माघ २०७८, आईतवार १८:४६