३ पुष २०८२, बिहीबार | Thu Dec 18 2025

ग्रीन भेन्चर्सले फागुन २ गतेदेखि आईपीओ निष्काशन गर्ने

२३ माघ, काठमाडाैँ । ग्रीन भेन्चर्स लिमिटेडले फागुन २ गतेदेखि आईपीओ निष्काशन गर्ने भएको छ। कम्पनीले फागुन २ गतेदेखि आयोजना प्रभावित क्षेत्रका वासिन्दाहरुका लागि आईपीओ निष्काशन गर्न लागेको हो।

कम्पनीले प्रतिशेयर १०० अंकित मूल्यका ३१ लाख २५ हजार कित्ता साधारण शेयर निष्काशन गर्न लागेको हो। कम्पनीले आयोजना प्रभावित ओखलढुङ्गाको खिजिदेम्बा गाउँपालिका १, २ र ३, लिखु गाउँपालिका ९, रामेछापको लिखु तामाकोशी गाउँपालिका १ र २ र उमाकुण्ड गाउँपालिका ७ का बासिन्दाहरुका लागि आईपीओ निष्काशन गर्न लागेको हो।

उक्त आईपीओ निष्काशन बन्द छिटोमा फागुन १६ गते हुनेछ भने ढिलोमा चैत १ गते हुनेछ। कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक लक्ष्मी क्यापिटल मार्केट लिमिटेड रहेको छ।आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्ता शेयर खरिदका लागि आवेदन दिनुपर्नेछ भने अधिकतममा ५० हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन्।

प्रकाशित मिति : २३ माघ २०७८, आईतवार १३:४३