१३ कार्तिक २०८३, बिहिबार | Thu Oct 29 2026

बेहुली लिएर फर्कँदै गरेकाे जीप दुर्घटना, ८ जनाको मृत्यु

२२ माघ, प्युठान । प्युठानमा बेहुली लिएर फर्कँदै गरेकाे जन्ती जीप दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको छ । नौबहिनी गाउँपालिकाको लुङबाट बेहुली लिएर गौमुखी गाउँपालिकाको लिवाङ फर्कँदै गरेको ग १ ज ५०९२ नम्बरको जीप शनिबार बिहान ३ बजे दुर्घटनामा परेको हो । जिप सडकदेखि ३०० मिटर तल खोल्सामा खसेको छ।

दुर्घटनामा पाँच महिला र तीन पुरूष गरि ८ जनाको मृत्यु भएको प्रहरीले जनाएकाे छ । ६ जनाको घटनास्थलमै मृत्यु भएको र  दुई जनालाई अस्पताल लगिएकामा दुवै जनालाई मृत घोषणा गरिएकाे छ ।

दुर्घटनास्थल विकटमा भएकाले घाइतेको उद्धार गरि अस्पताल ल्याउन ढिलाई भएको प्रहरीले जनाएको छ। मृतक कसैको पनि पहिचान खुलेको छैन। सोही गाडीमा बेहुला बेहुली पनि सवार थिए। बेहुला बेहुलीको अवस्था खुल्न नसकेकाे प्रहरीले जनाएकाे छ ।

प्रकाशित मिति : February 5, 2022 at 8:23 am

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/