३ पुष २०८२, बिहीबार | Thu Dec 18 2025

नेप्सेको सीईओमा कृष्णबहादुर कार्की नियुक्त

२० माघ, काठमाडौँ । नेपाल स्टक एक्स्चेञ्ज (नेप्से) को सीईओमा कृष्णबहादुर कार्की नियुक्त भएका छन् । कार्कीलाई १७ गते बसेको मन्त्रिपरिषद् बैठकले सीईओ नियुक्त गरेको हो ।

यस अघि छनोट समितिले तीन जनाको नाम सर्टलिस्ट गरेर मन्त्रिपरिषद्मा पठाएको थियो । छनोट समितिले कृष्णबहादुर कार्की, रमेश भण्डारी र केशव श्रेष्ठको नाम सर्टलिस्ट गरेकाे थियाे । पाल्पा स्थायी घर भएका कार्की बुढीगण्डकी आयोजनाको प्रमुख हुन् । सीईओ नियुक्त भएसँगै उनले अब आयोजनाबाट राजीनामा दिने बताएका छन् ।

नेप्सेका तत्कालिन सीईओ चन्द्रसिंह साउदले पदबाट राजिनामा दिएसँगै रिक्त रहेको उक्त पदमा मन्त्रिपरिषद्को बैंठकले कार्कीलाई नियुक्त गरेको हो ।

प्रकाशित मिति : २० माघ २०७८, बिहीबार १८:४६