२३ असार २०८३, मंगलबार | Wed Jul 8 2026

सन्धिखर्क खानेपानीले घटायो न्यूनतम महसुल

माघ २०,अर्घाखाँची । सन्धिखर्कमा खानेपानीको न्यूनतम महसुल घटाइएको छ । सन्धिखर्कमा खानेपानी सेवा प्रदान गरिरहेको साना सहरी खानेपानी तथा सरसफाइ उपभोक्ता मूल संस्थाले साबिकको मूल्यमा ५० कटौती गरी मासिक न्यूनतम शुल्क १५० कायम गरेको हो । २०० रुपियाँ न्यूनतम महसुल लिइरहेको संस्थाले फागुन १ बाट लागू हुनेगरी मुल्य घटाइएको संस्थाका अध्यक्ष दुर्गाप्रसाद श्रेष्ठले जानकारी दिए ।

माघ १९ गते बसेको सञ्चालक समितिको बैठकले मूल्य समायोजन गर्ने निर्णय गरेको हो । बैठकले संस्थाको पाचौं अधिवेशन यही चैत्र १२ गते गर्ने निर्णय समेत लिएको कार्यालय प्रमुख कृष्णप्रसाद आचार्यले जानकारी दिए । संस्थाले सदरमुकाम सन्धिखर्कका १ हजार ८ सय ४१ घरपरिवारमा पिउने पानी उपलब्ध गराउँदै आएको छ । जिल्ला सदरमुकाम सन्धिखर्कमा खानेपानी उपलब्ध गराउने यो एकमात्र संस्था हो ।

प्रकाशित मिति : February 3, 2022 at 5:57 pm