सात किलो चाँदीको अवैध गरगहनासहित महिला पक्राउ
१८ माघ, मोरङ । मोरङ प्रहरीले अवैध चाँदीका गहनासहित एक जना महिलालाई पक्राउ गरेको छ । अवैध गहनासहित मोरङ सुनवर्षी नगरपालिका-९ घर भएकी २९ वर्षीया मन्जु सहनीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
भारतबाट नेपालतर्फ अवैध रूपमा ल्याउँदै गरेको ब्यागभित्र चेकजाँचका क्रममा उनको साथबाट प्रहरीले ७ केजी ४६ ग्राम तौल (पायल ठूलो २० पिस, सानो पायल ११८ पिस, टिकटक पायल ७ जोडी, खुल्ला पायल ८३ जोडी र पातलो पायल २४६ पिस) बरामद गरेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार उक्त गहनाको मूल्य अन्दाजी सात लाख बराबर रहेको छ । पक्राउ परेकी उनलाई आवश्यक कारबाहीको लागि भन्सार कार्यालय रानीमा बुझाइएको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति : १८ माघ २०७८, मंगलवार २०:३१