१३ आश्विन २०८१, आईतवार | Sun Sep 29 2024

निशान खड्काको हत्या गर्ने दुर्इ अपहरणकारी प्रहरी इन्काउन्टरमा मारिए

२१ साउन, काठमाडाैँ । सिन्धुपाल्चकोकका निशान खड्काको हत्या गर्ने दुर्इ अपहरणकारी प्रहरी इन्काउन्टरमा मारिएका छन । आइतबार साँझदेखि अपहरणमा परेका ११ वर्षीय बालकको खोजीमा जुटेको प्रहरी र अपहरणकारीबीच मुठभेड हुँदा दुई जना अपहरणकारीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

महानगरीय अपराध अनुसन्धान महाशाखाको टोलीले डोलेश्वरमा अपहरणकारीमाथि गोली चलाउँदा दुई जनाको मृत्यु भएको महाशाखाका प्रमुख एसएसपी धिरजप्रताप सिंहले  जानकारी दिए । घटनास्थलबाट एउटा पेस्तोल त्यसमा लाग्ने गोली र बालकको परिवारलाई धम्क्याउन प्रयोग भएको मोबाइल बरामद भएको छ ।

यो पनि पढ्नुहोस्

––काँडाघारीबाट अपहरित ११ वर्ष वर्षीय बालक निशान खड्काको हत्या

प्रकाशित मिति : २१ श्रावण २०७५, सोमबार १४:११