११ असार २०८१, मंगलवार | Wed Jun 26 2024

राजस्व छली मुद्दामा पक्राउ परेका उमाशंकर रायभर कारागारमुक्त


१६ माघ, काठमाडौं । राजस्व दली मुद्दामा पक्राउ परेका बाराको परवानीपुर–१ का उमाशंकर रायभर आइतबार कारागारमुक्त भएका छन् । पाटन उच्च अदालतको आदेशअनुसार ७५ लाख रुपैयाँ धरौटी बुझाउन नसरेर कैदभुक्तान गरिरहेका उनी सर्वाेच्च अदालतको आदेशपछि रिहा भएका हुन् । सर्वाेच्च अदालतले उनको धरौटी रकम २५ हजारमा झारिदिएपछि रायभर कारागारमुक्त भएका हुन् । ११ महिनापछि नख्खु कारागारबाट उनी रिहा भएका हुन् ।

सर्लाहीका सरोजकुमार मिश्रले रायभरका नागरिकताको फोटोकपी, फोटो, हस्ताक्षर र ल्याप्चे दुरुपयोग गरी कम्पनी खोलेर राजस्व छली गरेका थिए । जागीर लगाइदिने भन्दै मिश्रले रायभरको नागरिकताको फोटोकपीसहित दुरुपयोग गर्दा उनी पक्राउ परेर जेल परेका हुन् ।

प्रकाशित मिति : १६ माघ २०७८, आईतवार १५:२६