१३ आश्विन २०८१, आईतवार | Mon Sep 30 2024

भन्सार छलेर ल्याएको करिव १ करोड ५० लाख बराबरको मदिरा बरामद

१६ माघ, काठमाडाैँ । नेपाल प्रहरीले भन्सार छलेर ल्याएको करिव १ करोड ५० लाख बराबरको रेड लेबल, एब्सोल्युट भोड्का र ब्ल्याक लेबल बेचबिखन गरेको आरोप चार जनालाई पक्राउ गरेको छ । भन्सार छलेर ठूलो परिमाणमा महङ्गा मदिरा नेपाल भित्रिरहेको सूचनाका आधारमा प्रहरीले अप्रेसन लिमा सुरु गरेको थियो ।

सो क्रममा २९६ कार्टुन मदिरा सहित चार जनालाई पक्राउ गरिएको हो । पक्राउ पर्नेमा ३९ वर्षीय सन्तोष चन्द्र बाख्रेल, ३० वर्षका शैलेश पन्त, २८ वर्षका रविन पाख्रीन र ४० वर्षका नारायण प्रसाद घिमिरेलाई पक्राउ गरिएको महानगरीय अपराध महाशाखाका प्रवक्ता एसपी कृष्ण कोईरालाले जानकारी दिए ।

उनले उक्त मदिराहरु बिशेषत पार्टी प्यालेशमा बिक्रि बितरण हुने गरेको पाइएको कोइरालाले बताए । उनीहरुले बजार मूल्यभन्दा सस्तोमा मदिरा बेच्ने गरेको खुलेको प्रहरीले जनाएको छ । प्रहरीले मदिराको गुणस्तर परिक्षणका लागी खाद्य तथा गुण नियन्त्रण विभागमा नमुना पठाएको छ ।

प्रकाशित मिति : १६ माघ २०७८, आईतवार १२:४९