मुक्तिनाथ विकास बैंकको ‘मुक्तिनाथ आवास कर्जा’ योजना सार्वजनिक
२१ साउन, काठमाडाैँ । मुक्तिनाथ विकास बैंकले ‘मुक्तिनाथ आवास कर्जा’ नयाँ योजना सार्वजनिक गरेको छ । बैंकका अनुसार यो योजना अन्तर्गत ग्राहकले २० वर्षसम्मको कर्जा अवधि राखी १० लाख देखि ५ करोड रुपैयाँ सम्मको कर्जा सुविधा लिन सक्नेछन् ।
बैंकले नियमति रुपमा किस्ता बुझाउने ग्राहकाई प्रशासनिक शुल्क फिर्ता गर्ने भएको छ भने पहिलो १ वर्षको लागि नि:शुल्क स्वास्थ्य तथा दुर्घटना बीमा सुविधा समेत दिने जनाएको छ ।
कुल कर्जाको आधा रकमलाई किस्ताबन्दीमा बुझाई बाँकी कर्जाको व्याजमात्र बुझाउने गरी मुक्तिनाथ आवास कर्जा ल्याएको बैंकले जनाएको छ । यस योजनामा न्यून आय भएका ग्राहकलाई समेत आवश्यकता अनुसारको कर्जा सुविधा लिन सहज हुनै बैंकले जनाएको छ ।
प्रकाशित मिति : २१ श्रावण २०७५, सोमबार १३:५५