३० कार्तिक २०८१, शुक्रबार | Fri Nov 15 2024

एनआईसी एशिया बैंकको ‘क्युआर कोड’ भुक्तानी संचालनमा

२१ साउन,  काठमाडाैँ । एनआईसी एशिया बैंकले मोबाइल बैंकिङ एप प्रयोगकर्ताकाे सुविधालार्इ ध्यान दिँदै ‘क्युआर कोड’ भुक्तानी संचालनमा ल्याएको छ । बैंकले ल्याएको यो सेवा बैंकको मोबाइल बैंकिङ एप प्रयोगकर्ताले प्रयोगमा ल्याउन सक्नेछन । ग्राहकले क्युआर कोडमार्फत मोबाईल पे तथा स्क्यान गरेर पनि भुक्तानी गर्न सक्ने एनआईसी एशिया बैंकले जनाएको छ ।

ग्राहकले यो सेवा लिन स्मार्ट फोन प्रयोग गरी एप डाउनलोड गर्ने र एप मार्फत क्युआर कोड प्रयोग गरी भुक्तानी दिन सकिने बैंकले जनाएको छ । बैंकले २ सय ३४ शाखा, २ सय २४ एटिएम, १४ वटा एक्सटेन्सन काउण्टर तथा १६ वटा शाखारहित बैंकिङमार्फत सेवा दिंदै आएको छ ।

प्रकाशित मिति : २१ श्रावण २०७५, सोमबार १३:४९