१३ आश्विन २०८१, आईतवार | Sun Sep 29 2024

सिन्धुपाल्चोकका ११ वर्षीय निशान खड्का काडाँघारीबाट अपहरणमा, खोजीमा १५० प्रहरी परिचालन

२१ साउन, काठमाडाैँ । काठमाडाैँबाटै एक बालक अपहरणमा परेका छन । सिन्धुपाल्चोक घर भइ काडाँघारीमा बस्ने ११ वर्षका निशान खड्का अाइतबार साँझ काठमाडाैँकाे काडाँघारीबाट अपहरणामा परेका थिए । बालककाे अहिलेसम्म अवस्था पत्ता लाग्न सकेकाे छैन ।

अपहरणकारीले साेमबार बालकको परिवारसँग ४० लाख रुपैया“ फिरौती मागेपछि उनी अपहरणमा परेको पुष्टि भएको महानगरीय प्रहरी परिसर काठमाडौंका एसएसपी विश्वराज पोखरेलले बताएका छन ।

बालकको खोजीका लागि भक्तपुर र काठमाडौका प्रहरी प्रमुख सहित १५० बढी प्रहरी परिचालन गरिएको छ । अपहरणमा परेका बालकको बुवा विदेशमा रहेका छन । अपहरणमा परेका बालकको परिवारको आर्थिक अवस्था कमजोर छ। चिनजानकै व्यक्तिले अपहरण गरेको हुनसक्ने प्रहरी आशंका छ।

प्रकाशित मिति : २१ श्रावण २०७५, सोमबार १३:३८