२८ आश्विन २०८१, सोमबार | Mon Oct 14 2024

नुवाकोटको ५३ लाख वृद्धभत्ता चोरी प्रकरण वडा सचिवसहित तीनविरूद्ध भ्रष्टाचार मुद्दा दायर

१४ माघ, काठमाडाैँ । नुवाकोट जिल्लाको पञ्चकन्या गाउँपालिकामा सामाजिक सरक्षा भत्ताको ५३ लाख चोरी भएको विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तीन जनाको विरूद्धमा भ्रष्टाचार मुद्दा दायर गरेको छ । आयोगले शुक्रबार विशेष अदालत काठमाडाैँमा मुद्दा दयार गरेको आयोगका सहप्रवक्ता वेदप्रसाद भण्डारीले जानकारी दिएका छन । वडा सचिव सरिता राउत, कार्यालय सहायक रामकुमार गिरी र कार्यालय सहयोगी निलप्रसाद मिश्रका विरूद्धमा मुद्दा दर्ता गरेको हो ।

अख्तियारले विज्ञप्तिमा भनेको छ, ‘भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ बमोजिमको कसुर हुन आएको हुँदा निजहरुलाई ऐ. ऐनको दफा १७ ले निर्देश गरेबमोजिम ऐ. ऐनको दफा ३ को उपदफा (१) र ऐ.ऐ. दफा ३ को उपदफा (१) को देहाय (ज) बमोजिम बिगो रु.५३,०१,८५६।– (अक्षेरुपी त्रिपन्न लाख एक हजार आठ सय छपन्न रुपैयाँ) कायम गरी सजाय हुन साथै, ऐ. दफा १७ बमोजिम हानिनोक्सानी भएको बिगो रकम निजहरु सरिता राउत, रामकुमार गिरी र निलप्रसाद मिश्रबाट असुलउपर हुन मागदाबी लिई अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा १८ र ३५(१) एवं भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३६ बमोजिम आज बिशेष अदालत काठमाडौंमा आरोप-पत्र दायर गरिएको छ ।’

यो पनि पढ्नुहोस्

१. आफ्नै वडाबाट भत्ताको ५३ लाख चोरिएको १० महिना भयो, ढुंगा बोल्ला तर यी नेता बोल्दैनन्

२. सीसीटीभीमा नुवाकोटको बृद्धभत्ता चोरी प्रकरणः जसले बैंकबाट पैसा ल्याए उनैले लगे

३. बृद्ध भत्ता चोरी प्रकरणः पुडासैनीलाई कारबाही स्वरूप जिम्मेवारी खोसेर मन्त्रालय तानियो

४. बृद्धभत्ता चोरी प्रकरणः मिलेमतोमा भ्रष्टाचार भएको भन्दै अनुसन्धान गर्न अख्तियारलाई पत्र

५. बृद्धभत्ता चोरी प्रकरणः नुवाकोट पञ्चकन्याका प्रशासकीय अधिकृतलाई मन्त्रालय तानेर निलम्बन गरिदैँ

६. बृद्ध भत्ता चोरी प्रकरणः महासंघद्धारा पत्रकारलाई धम्की दिने गाउँपालिका प्रमुखको निन्दा

७. नुवाकोटमा बृद्ध भत्ता चोरिएको कांग्रेसले पनि थाहा पायो, वडा कार्यालयमा तालाबन्दी

८. बृद्ध भत्ता चाेर खोज्न संघीय मामिला मन्त्रालयको टोली नुवाकोट जाँदै

९. बृद्ध भत्ता चोरीमा संलग्नको प्रतिरक्षामा माओवादी नेता हितबहादुरको विज्ञप्ति

१०. नुवाकोटको पञ्चकन्यामा गाउँपालिका प्रमुखकै मिलेमतोमा बृद्ध भत्ताको ५३ लाख चोरी

दैनिकीले दुई दिनअघि मात्रै ‘आफ्नै वडाबाट भत्ताको ५३ लाख चोरिएको १० महिना भयो, ढुंगा बोल्ला तर यी नेता बोल्दैनन्’ भन्ने शीर्षकमा समाचार प्रकाशित गरेको थियो । अख्तियारले राज्यको सम्पत्तिको सुरक्षा गर्न नसकेको भनेर तीन जनाका विरूद्धमा मुद्दा दर्ता गरे पनि सरकारी रकम सीधै व्यक्तिको खातामा पठाउन पत्र लेख्ने प्रशासकीय अधिकृत, घटना ढाकछोपमा भूमिका खेल्ने गाउँपालिका अध्यक्ष, वडा अध्यक्ष लगायतका विषयका केही बोलेको छैन । सामान्य प्रशासन मन्त्रालयले प्रशासकीय अधिकृतलाइ कारबाही स्वरूप मन्त्रालयमा जगेडामा तानेका थियो भने आयोगलाइ कारबाहीका लागि लेखि पठाएको थियो ।

प्रकाशित मिति : १४ माघ २०७८, शुक्रबार १४:४५