९ मंसिर २०८१, आईतवार | Sun Nov 24 2024

एनएलजी इन्स्योरेन्सद्धारा लाभांश घोषणा

१४ माघ, काठमाडाैँ । एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडले आर्थिक वर्ष २०७७/७८ का लागि लाभांश प्रस्ताव गरेको छ। कम्पनी सञ्चालक समितिको बिहीबार बसेको बैठकले उक्त आर्थिक वर्षको सञ्चित मुनाफाबाट सेयरधनीहरुलाई चुक्तापुँजी १ अर्ब २० करोड ६० लाख १३ हजार ५० रुपैयाँको कुल १०.५२६३ प्रतिशत लाभांश प्रस्ताव गरेको हो।


प्रस्तावित लाभांश १० प्रतिशतले हुन आउने १२ करोड ६ लाख १ हजार ३०५ रुपैयाँबराबरको बोनस सेयर र कर प्रयोजनार्थ ०.५२६३ प्रतिशतले हुन आउने ६३ लाख ४७ हजार ४३७ रुपैयाँबराबरको बोनस सेयर रहेका छन्। प्रस्तावित लाभांश बीमा समितिको स्वीकृतिपछि आगामी वार्षिक साधारणसभाबाट पारित गरी कम्पनीले कार्यान्वयनमा ल्याउनेछ।

प्रकाशित मिति : १४ माघ २०७८, शुक्रबार १०:१९