कालिन्चोक केबलकारले १२ लाख कित्ता आइपीओ निष्काशन गर्दै
१३ माघ, काठमाडाैँ । दोलखाको कालिन्चोकमा सञ्चालनमा रहेको केबलकारले १२ करोड रुपैयाँ बराबरकाे साधारण सेयर (आइपीओ) बिक्री गर्ने भएको छ । कम्पनीले आयोजना प्रभावित स्थानीयलाई १२ लाख कित्ता सेयर बिक्री गर्ने भएको हो ।
आयोजना प्रभावितलाई प्रतिकित्ता १०० रुपैयाँ अंकित १२ लाख कित्ता सेयर बिक्री गर्न कम्पनीले नबिल इन्भेस्टमेन्टलाई बिक्री प्रबन्धकमा नियुक्त गरेको छ । आज भएको सम्झौताअनुसार नबिल इन्भेष्टमेन्टले स्थानीयवासीका लागि उक्त सेयर बिक्री खुलाउने छ ।

कालिन्चोक दर्शनका प्रमुख कार्यकारी अधिकृत अशोक शिवाकोटी र नबिल इन्भेष्टमेन्टका प्रमुख कार्यकारी अधिकृत मनिष नारायण जोशीले सम्झौतामा हस्ताक्षर गरे । कम्पनीले स्थानीयवासीलाई आयोजनाको स्वामित्व दिने लक्ष्यसहित आइपीओ बिक्री खुलाउन लागेको जनाएको छ ।
प्रकाशित मिति : १३ माघ २०७८, बिहीबार १८:४२












