१३ आश्विन २०८१, आईतवार | Sun Sep 29 2024

चेल्सीलाई २–० ले पाखा लगाउँदै कम्युनिटी शिल्ड फुटबलको उपाधि म्यानचेस्टर सिटीले जित्यो

२१ साउन, काठमाडाैँ । चेल्सीलाई २–०  गोल अन्तरले पाखा लगाउँदै कम्युनिटी शिल्ड फुटबलको उपाधि म्यानचेस्टर सिटीले जितेको छ ।  बेम्ले रंगशालामा फिल फोडनले डि बक्स बाहिर दिएको पासमा अगुरोले सिटीका लागि १३ औं मिनेटमा गोल गर्दै अग्रता दिलाएका थिए ।

यसैगरी ५८ औं मिनेटमा दोस्रो गोल पनि अगुरोले नै थपेका थिए । त्यसपछि कुनै पनि गोल हुन सकेन र सिटीले उपाधि जितेको हो । नयाँ सिजनको सुरुवात अघि हुने कम्युनिटी शिल्डका लागि दुई इङ्लिस क्लब म्यानचेस्टर सिटी र चेल्सी भिडेका हुन् । कम्युनिटी शिल्डमा प्रिमियर लिग र एफए कपको विजेताबीच प्रस्पिर्धा हुन्छ । सिटीले प्रिमियर लिग तथा चेल्सीले एफए कप जितेका थिए ।

प्रकाशित मिति : २१ श्रावण २०७५, सोमबार ०९:०३