१३ आश्विन २०८१, आईतवार | Sun Sep 29 2024

पहिरोले मुग्लिन–नारायणगढ सडकखण्ड अाज पनि अवरुद्ध, पहिरो फाल्न कम्तिमा ३ घण्टा लाग्ने

२१ साउन, काठमाडाैँ । पहिरोका कारण मुग्लिन–नारायणगढ सडकखण्ड अाज पनि अवरुद्ध भएको छ । प्रहरीका अनुसार सडकखण्डको ठाउँ ठाउँमा पहिरो खसेको छ ।  जलविरे, घुमाउने र फिस्लिङमा खसेको पहिरो पन्छाउन समय लाग्ने बुझिएको छ ।

पहिरोका कारण बिहान ६ बजेदेखि बाटो बन्द रहेको छ । पानी परिरहेकाले पहिरो हटाउन समय लाग्ने भएको छ । घुमाउनेमा सडकमाथिबाट निरन्तर ढुंगा खसीरहेको मुग्लिन–नारायणगढ सडकखण्ड आयोजनाले जनाएको छ । यस्तै, जलविरेमा लेदो माटोसहितको पहिरो खसेको छ । बाटो खुलाउन चाँडैमा पनि तीन घण्टा लाग्ने अायोजनाले जनाएको छ ।

प्रकाशित मिति : २१ श्रावण २०७५, सोमबार ०८:४०