२३ बैशाख २०८१, आईतवार | Sun May 5 2024

आज सुनको मूल्य प्रतितोला चार सय रुपैयाँले बढ्यो


१२ माघ, काठमाडौं । बुधबार नेपाली बजारमा सुनकाे भाउ बढेकाे ५ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनकाे मूल्य ताेलामा चार सय रुपैयाँले वृद्धि भएकाे छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला ९४ हजार चार सय रुपैयाँ कायम भएको छ ।

मंगलबार पनि सुनकाे मूल्य पाँच सय रुपैयाँले बढकाे थियाे । महासंघका अनुसार मंगलबार छापावाल सुन प्रतितोला ९४ हजारमा कारोबार भएको थियो। यसैगरी, तेजावी सुनको मूल्य तोलाको ९३ हजार नाै सय रुपैयाँ निर्धारण भएको छ । आज चाँदीको मूल्य प्रतितोला एक हजार तीन सय रुपैयाँ कायम भएको छ ।

प्रकाशित मिति : १२ माघ २०७८, बुधबार ११:२२