१३ आश्विन २०८१, आईतवार | Sun Sep 29 2024

नुवाकोटको बेलकोटगढीमा प्रहरीको सहायतामा गाँजा फडानी गर्दै जनप्रतिनिधि

–प्रशान्तजंग पाण्डे

२० साउन, नुवाकोट । नुवाकोट जिल्लाका ग्रामीण भेगमा रहेकाे गाँजाखेती फडानी अभियानलार्इ प्रहरीले निरन्तरता दिइरहेको छ । लागू अाैषध नियन्त्रण अभियान अन्तर्गत प्रहरीले स्थानीय जनप्रतिनिधिसमेतको प्रत्यक्ष संलग्नतामा गाँजा फडानीलार्इ तीव्रता दिएको छ ।

अाइतबार जिल्लाको बेलकोटगढी नगरपालिका वडा नम्बर ११ अमारेमा वडा अध्यक्ष रामहरि पाण्डे अाफैँ गाँजा  फाँड्न निस्केका थिए । वडा अध्यक्ष पाण्डेसहित स्थानीयवासी र प्रहरीको सहायताले सयाैँबाेट गाँजा फडानी गरिएको वडा अध्यक्ष पाण्डेले जानकारी दिए । उनले अाफ्नो वडालार्इ लागूअाैषाधको प्रयोग शून्य क्षेत्र बनाउने बताए ।

प्रकाशित मिति : २० श्रावण २०७५, आईतवार २१:५४