१३ आश्विन २०८१, आईतवार | Sun Sep 29 2024

घुस्याहा शिक्षा अधिकारीविरूद्ध विशेष अदालतमा मुद्दा दायर

२० साउन, काठमाडाैँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जिल्ला प्रशासन कार्यालय, शिक्षा विकास तथा समन्वय इकाइ कपिलवस्तुका इकाइ प्रमुख सुरेन्द्रराज पराजुलीविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । इकाइ प्रमुख पराजुलीले रु दुई लाख ८० हजार घुस लिएको अभियोग लागेको छ ।

विकास निर्माणका कार्यमा अवैधरुपमा रकम उठाई नदिएसम्म तलबभत्ता रोक्का गरिदिने धम्की दिई कार्यालयमा कार्यरत सव–इञ्जिनियरसँग घुस रकम माग्दामाग्दै पक्राउ गरिएको आयोगले जनाएको छ ।

यस्तै आयोगले आजै प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन इकाइ गहुँ सुपरजोन कैलालीका कार्यालय प्रमुख रामनन्दन यादवविरुद्ध पनि विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

गहुँबाली चक्रको वृत्तचित्र निर्माण गर्ने कार्य सम्पन्नपश्चात् सेवाग्राहीसँग यादवले सम्झौताबमोजिमको रकमबाट ५० प्रतिशतले हुन आउने रु २५ हजार घुस मागेको अभियोग लागेको छ ।

प्रकाशित मिति : २० श्रावण २०७५, आईतवार २१:१९