१३ आश्विन २०८१, आईतवार | Mon Sep 30 2024

कैदी यमराज परियारको वयानः प्रहरी र कर्मचारीलाई ३० लाख घुस खुवाएर भागेको हुँ

१० माघ, काठमाडौँ । दाङको कारागारबाट फरार भएर भारतमा प्रक्राउ परेर नेपाल ल्याइएका कैदी यमराज परियारले प्रहरी र कर्मचारीलाई ३० लाख घुस खुवाएर भागेको बताएका छन । उनले प्रहरी र जेल प्रशासनको सेटिङमा आफू भागेको प्रष्ट पारेका हुन ।

उनले प्रहरीका लागि ५ लाख र जेलरलाई २५ लाख रुपैयाँ घुस दिएको बताएका छन । उनी भारतीय प्रहरीको सहयोगमा पक्राउ परेका हुन । परियारले प्रहरी जवान धनबहादुर चौधरीलाई ५ लाख रुपैयाँ र जेलर युवराज परियारलाई २५ लाख रुपैयाँ बुझाएको बताएका छन । कर्तव्य ज्यान मुद्धामा जन्मकैद भोगिरहेका यमराज पुष ८ गते फरार भएका थिए ।

प्रकाशित मिति : १० माघ २०७८, सोमबार २०:५९