सूर्य चिन्हका बारेमा छरिएको भ्रमकोपछि नलाग्न एमाले संगठन विभागका प्रमुख अधिकारीको आग्रह
१० माघ, काठमाडौँ । नेकपा एमालेको संगठन विभागका प्रमुख खगराज अधिकारीले चुनाव चिन्ह सूर्यका बारेमा फैलाइएको हल्लाका पछि नलाग्न आग्रह गरेका छन । सामाजिक सञ्जाल मार्फत उनले यस्तो आग्रह गरेका हुन । उनले एमालेले पार्टी नविकरण गरी निर्वाचन आयोगबाट प्रमाणित कागजात लिइसकेको भन्दै भ्रमको पछि नदौडन कार्यकर्तामा अनुरोध गरेका छन ।

प्रमुख अधिकारीले भनेका छन, ‘न नीतिमा न सिद्दान्तमा न विचारमा न सगठनमा प्रतिवाद गर्ने सामार्थ्य छ झूठ फतुर कुरा गरेर नेकपा९एमाले०को चुनाव चिन्ह सूर्यका वारेमा भ्रम फैलाउने फन्टुसहरूले वुझे हुन्छ निर्वाचन आयोगले चिन्ह सहित सवै डकुमेन्टहरू प्रमाणित गरी नविकरणको प्रमाणहाम्रो पार्टीलाइ दिइसकेको छ ।’
प्रकाशित मिति : January 24, 2022 at 6:42 pm









