१३ आश्विन २०८१, आईतवार | Sun Sep 29 2024

मन्त्री बस्नेतद्वारा पहिरोमा परी ज्यान गुमाएकाप्रती दुःख व्यक्त

२० साउन,काठमाडौँ । वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले गृह जिल्ला जाजरकोटको भेरी नगरपालिका–३ ठाँटीबजारमा अविरल वर्षासँगै गएको पहिरोमा परी एकै घरका चारसहित आठ जनाको मृत्यु भएको घटनाको दुःख व्यक्त गर्नुभएको छ । उहाँले आज एक विज्ञप्तिमार्फत मृतकका परिवार एवं आफन्तजनमा समवेदना प्रकट गर्दै घाइतेहरुको शीघ्र स्वास्थ्य लाभको कामना गर्नुभएको छ ।

मन्त्री बस्नेतले घटनाबाट आफू स्तब्ध र मर्माहत भएको उल्लेख गर्दै सरकारका तर्फबाट गर्नुपर्ने उद्धार, राहत, पुनःस्थापना र घाइतेको उपचारका निम्ति आवश्यक पहल र व्यवस्था भइरहेको जानकारी दिनुभयो ।

उहाँले उद्धार तथा राहत कार्यमा संलग्न स्थानीय प्रशासन, सुरक्षा निकाय, रेडक्रसकर्मी र स्वयंसेवकप्रति धन्यवाद ज्ञापन गर्नुभएको छ । आज बिहान गएको पहिरोले दुई घर पुरिँदा भेरी नगरपालिका वडा नं ६ घर भई ठाँटीबजारमा डेरा गरी बस्ने शीतली लोहार उहाँका छोरी १० वर्षीया रञ्जना, सात वर्षीया मनिषा र तीन वर्षीया भगवती सोही ठाउँकी आठ वर्षीया नज्मा बोहरा, १३ वर्षीया नरेन्द्र परियार र ११ वर्षीय नवीन परियार तथा कुसे गाउँपालिका–५ का ८ वर्षीय दशरथ परियारको निधन भएको थियो । पहरोमा परी लालबहादुर लोहार र तीर्थराज बोहरा घाइते हुनुभएको छ ।

प्रकाशित मिति : २० श्रावण २०७५, आईतवार १८:५०