सम्झनामा शहीद शुक्रराज शास्त्री
वि.स. १९५० मा माधवराज र रत्नमायाँ जोशीको कोखबाट शुक्रराज शास्त्रीले जन्म लिनु भएको थियो । आर्य समाजको अभियन्ता माधवराजले छोरालाई संस्कृत भाषा अध्ययनमा प्रेरणा दिएका थिए । माधवराजको भारतीय विद्धान विदुषिहरुसँगको संगतका कारण छोरालाई पनि भारतीय भूमिमा नै अध्ययनको व्यवस्था मिलाएका थिए ।
उनी पाटनका कटुंवहालमा जन्मेका थिए । उक्त स्थान जोशीहरुको पुरानो थलो हो । बुबा आर्य समाजका अनुयायी रहेकोले नै होला उनलाई पनि भारतको सिकन्दरवादको आर्य समाजी महाविद्यालयमा संस्कृत अध्ययन गर्न भर्ना गरिदिए । उनले उक्त विद्यालयबाट शास्त्री (स्नातक) उपाधि लिए । त्यसैले उनले नामको पछाडी शास्त्री लेख्न थालेका हुन । यसै नामबाट उनी नेपाल प्रसिद्ध पनि भए । उनले धर्मभक्त माथेमाको वहिनीसँग विवाह गरेका थिए । उनले भारतको पञ्जाव विश्वविद्यालयबाट अंग्रजीमा स्नातक उतिर्ण गरेका थिए ।
शास्त्रीले भारतको इलाहवाद स्थित दयानन्द आर्य समाजी संस्कृत विद्यालयमा प्रधान अध्यापक भई काम गरेका थिए । उनी युवा अवस्था देखि नै समाज सुधार कार्यमा लागेका थिए । भारतका प्रसिद्ध समाज सुधारक मनमोहन मालवीयसँग उनको बाक्लो सम्पर्क थियो । ( पन्त महेशराज, नेपाल्री इतिहाँसको परिवेश )
शुक्रराजले भाषा साहित्यमा ठूलो योगदान दिएका थिए । उनी नेपाली, नेवारी, संस्कृत, हिन्दी, अंग्रजी भाषामा गहिरो दखल राख्ने विद्धान थिए । उनले नेपाल भाषाको व्याकरण नै प्रकाशन गरेका थिए (वि.स. १९८५) । स्वर्गको दरवार नामको पुस्तक कलकत्ताबाट प्रकाशन गरेका थिए । १९९० मा संस्कृत प्रदीप प्रकाशन गरेका थिए ।
उनले १९९३ मा व्रम्हशुत्र शंकर भाष्य प्रकाशन गरेका थिए । यसरी उनले छोटो जीवन कालमा जम्मा एघार वटा ग्रन्थ प्रकाशन गरेका थिए । (पन्त महेशराज, नेपाली इतिहाँसको परिवेश)
उनले राणा प्रधानमन्त्री चन्द्र, भीम र जुद्ध समशेरको पालामा प्रकाशित कृतिहरुमा राणा शासकहरुको स्तुती गान सहित फोटो पनि प्रकाशित गरेका थिए । राणा प्रधानमन्त्रीहरु आफ्नो स्तुतीगानबाट खुसी भएर शास्त्रीलाई तत्कालीन रु. १५००।– वक्सिस नै दिएका थिए । नेपाली भाषा प्रकाशिनीमा जागिर नै दिएका थिए । विक्रम सम्वत १९९४ मा उनी वम्हसुत्र शंकरभाष्मको दोस्रो प्रकाशन गर्न कलकता जाँदा महात्मा गान्धी र सुवास चन्द्र घोषसँग भेटघाट गरी राजनैतिक छलफल गरेका थिए । उनी नेपाल फर्के पछि आफ्नै अध्यक्षतामा नागरीक अधिकार समिति गठन गरेका थिए ।
भारतका क्रान्तिकारी नेताहरुसँग भेटघाट गरेको अभियोगमा नेपाली भाषा प्रकाशनीको उनको जागिर खोसियो । नेपाल खाल्टो काटेर वाहिर जान नपाउने गरी उनलाई नजरवन्द जस्तै स्थानहद तोकिएको थियो । म विरामी छु, कलकता गई उपचार गर्न पाउँ भनी विन्ती पत्र हालेका थिए । तर राणाहरुबाट उनको पुकारा सुनुवाई भएन । ( पन्त महेशराज, नेपाल्री इतिहाँसको परिवेश )
१९९५ साल मंसिर ११ गते इन्द्रचोकको धार्मिक सभामा गीता विषयक प्र्रवचन दिएका थिए । यसको भोली पल्टनै उनलाई पक्राउ गरी सिंह दरवारमा थुनियो । मंसिर १५ गते नै नेल ठोकी कमाण्डर इन चिफको गारदमा कैद गरियो । इन्द्र चोकको सभामा गंगालालले नेपाली प्रजा भेडा हुन भनेका थिए भने शुक्रराजले उक्त भनाईलाई सहि थापेका थिए । राणा शासकलाई यति कुरा विष हुन गयो । उनलाई तीन वर्षको कैद सजाय सुनाइयो ।
शुक्रराजको राजनैतिक भन्दा पनि वढी धार्मिक भावना जाग्रित भएको पाईन्छ । उनलाई लगाईएको आरोपमा पनि भनिएको थियो कि वडे वडे पण्डितले गर्न नसक्ने व्रम्हसुत्र भाव्यको वारेमा त पण्डित्य छाँट्ने ? भन्ने नै थियो । जेलमा वस्दा कैदि भाँडेको आरोप लगाएका थिए । गीताको व्याख्या गर्नु उनको दोष हो भनेका थिए ।
यसरी हेर्दा शुक्रराज एक सुपठित विद्धान थिए । उनमा धार्मिक जागरणको गहिरो भोक थियो । शासक प्रति त्यति वक्रदृष्टि नराखि भाषा तथा समाज सेवामा लाग्ने उनको मनसाय देखिन्छ । राणा कालका तीन तीन प्रधामन्त्रीको उनले आफ्ना प्रकाशनहरुमा स्तुतीगान सहित फोटो प्रकाशन गर्नुले यो कुरा पुष्टी हुन्छ ।
भारतीय भूमीमा नै शिक्षा दिक्षा लिएका भारतीय विद्धान, समाज सुधारक, नेता आदिसँग वाक्लो घुलमिल भएका कारण उनमा आधुनिक चेतना जागृत नहुने कुरै हुँदैन थियो । सबै चेतनशिल मानिस क्रान्तिकारी हुँदैन तर शुक्रराजमा सर्वप्रथम समाजका मानिसहरुको चेतना स्तर उठाउनु पर्छ तब मात्रै परिवर्तन सम्भव छ भन्ने चेत रहेको स्पष्ट देखिन्छ । त्यसैको अभियानमा लागेको कुरा राणा शासकहरुलाई पचेन । कैद भुक्तान हुन १० महिना मात्रै वाँकी रहेदा पनि थप मुद्धाहरु लगाएर वि.स. १९९७ को माघ ६ गते उनलाई ज्यान सजाय नै सुनाइयो । १० गते राती उनलाई टेकु स्थित खरीवृक्षमा फाँसी दिईयो ।
उनको फाँसीलाई देखाएर दुनिया तर्साउन दीनभर मृत शरीर झुण्डियाए रै राखियो । यो विभत्स दृश्य देखेका एक जना चालिसे थरका नवयुवक (चक्रपाणीका छोरा/भतिजा) त्रिचन्द्रका स्तानकका विद्यार्थीले आफ्नो उत्तर पुस्तिकामा एउटा सुपठित विद्धानको विद्धताको डरले फाँसी सजाय दिने राणाहरु नपुंषक हुन भनेर लेखेका रहेछन । उक्त कुरा उत्तर पुस्तिका जाँच्ने प्राध्यापकले थाहा नपाउने कुरै थिएन तर उनले एउटा गुरुको धर्म विर्षेर तत्कालिन राणा सरकारको शिक्षा विभागका प्रमुख वालकृष्ण समसेर ज.व. राणा ( पछि वालकृष्ण समलाई जाहेर गरेछन ।)
उनले पनि राणा प्रधान मन्त्री श्री ३ महाराज जुद्ध समशेर कहाँ चाकडि देखाउन जाहेर गरेछन । तव ती विद्यार्थीलाई अनाहांकमा १२ वर्ष कैद सजाय सुनाईएछ । उनका पिताले राणाहरुलाई विन्तीभाउ गरी आधा कैद मिनाहा गराएर छ वर्ष पछि जेलबाट छुटेका ती युवकको मानषिक स्थिति विग्रन गई राणाको जेलमा खपेको कठोर यातनाका कारण दिवंगत भएछन । सम्भवत उनी नै नेपालका प्रथम शैक्षिक शहीद हुन ।
राणाकालमा शिक्षा प्राप्त गर्नु नै अपराध मानिन्थ्यो । शहीद शुक्र एउटा शिक्षित परिवारका सुयोग्य सुपठित विद्धान थिए । उनलाई नागरिक अधिकारको वारेमा पर्याप्त जानकारी थियो । भारतको स्वतन्त्रता संग्रामको वारेमा पनि पुर्ण रुपेण जानकार थिए । आर्य समाजको उत्थानको माध्यमबाट फिरङ्गीहरुलाई भारतबाट खेद्ने मामलामा उनले र उनका पिताले भूमिका निर्वाह गरेकै थिए ।
भारत स्वतन्त्रता सेनानीहरुसँग उनको वाक्लो चिनजान थियो र सोही अनुसारको अन्तरकृया पनि । राणाहरु अंग्रेजका भक्त थिए । अंग्रेज विरोधीलाई आफ्नै सत्रु ठान्दथे । त्यसैको शिकार शुक्रराज शास्त्रीलाई बनाए । (पाण्डे, भीम वहादुर, त्यस वखतको नेपाल)
यसरी राणाकालमा जनताको आवाज दवाउने सिलसिलामा एक होनाहार धर्मसेवी, भाषा सेवी विद्धानको इहलिला अन्त भएको कुरा आज हामी शहीद दिवसको सन्दर्भमा माघ १० गते स्मरण गरि रहेछौं । वहाँको शाहदतले हामी सबैमा देश कल्याणको लागि योगदान दिने प्रेरणा मिलोस । वीर शहीद अमर रहुन । शहीद शुक्रराज शास्त्रीलाई हार्दिक श्रद्धान्जली । अस्तु
प्रकाशित मिति : १० माघ २०७८, सोमबार ०६:३८