२८ मंसिर २०८२, आईतवार | Sun Dec 14 2025

सरकारी लक्ष्य हासिल गर्न कटिबद्ध छौँ: महानिरीक्षक खनाल

९ माघ, काठमाडाैँ । सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले प्रधानमन्त्री देउवा तथा विभागीय गृहमन्त्रीले दिएको निर्देशन अक्षरश पालना गर्ने प्रतिबद्धता व्यक्त गर्दै राष्ट्रका जिम्मेवार सुरक्षा निकायका रुपमा स्थापित सशस्त्र प्रहरीको गरिमा उँचो बनाउने सन्दर्भमा सदैव लगनशील रहेको स्पष्ट पार्नुभएको छ । सशस्त्र प्रहरी बल नेपालको २१ औँ स्थापना दिवस समारोहलाई आज राजधानीमा सम्बोधन गर्दै उहाँले यस्तो स्पष्ट गर्नुभएको हो।

उहाँले सशस्त्र प्रहरीले सुरक्षा र सेवाको क्षेत्रमा महत्वपूर्ण भूमिका निर्वाह गरेको जानकरी पनि दिनुभयो । सरकारद्वारा निर्देशित लक्ष्य हासिल गर्न, शान्तिसुरक्षा अमनचयन कायम गरी सशासन कायम राख्न सबै सुरक्षा निकाय र सरोकारवाला निकायसँगको समन्वयमा सशस्त्र प्रहरी सधँै तल्लीन रहेको बताउनुभयो ।

उहाँले सीमा सुरक्षा राजस्व सङ्कलनमा सहयोग, विपद् उद्धार तथा व्यवस्थापन, विशिष्ट व्यक्ति तथा महत्वपूर्ण संरचना तथा रेल्वे सुरक्षामा सशस्त्र प्रहरीले अहम् भूमिका खेल्दै आएको उल्लेख गर्नुभयो । लैङ्गिकमैत्री वातावरण, भ्रष्टाचारमा शून्य सहलशीलता, मानवअधिकारको सम्मान संरक्षण गर्दै सरकारका नीतिलाई प्रभावकारी कार्यान्वयन गराउन सशस्त्र प्रहरी कटिबद्ध रहेको पनि उहाँले बताउनुभयो ।

भविष्यमा आइपर्न सक्ने चुनौतीलाई निरन्तर विश्लेषणमार्फत स्रोतसाधनको अधिकतम परिचालन गरी पेशागत निर्वाह गरिरहेको जानकारी दिनुभयो । समारोहमा उत्कृष्ट वाहिनी र सशस्त्र प्रहरीलाई सम्मान गरिएको थियो ।

प्रकाशित मिति : ९ माघ २०७८, आईतवार १९:३७