१२ श्रावण २०८३, मंगलबार | Tue Jul 28 2026

पोखरा फाइनान्सको नाफा ६९.४३ प्रतिशतले घट्यो

९ माघ, काठमाडाैँ । पोखरा फाइनान्स लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ।दोस्रो त्रैमाससम्म कम्पनीले २ करोड ९६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो नाफा गत वर्षको तुलनामा ६९.४३ प्रतिशतले कम हो।

गत वर्ष यही अवधिसम्म कम्पनीले ९ करोड ६८ लाख रुपैयाँ नाफा आर्जन गर्न सफल भएको थियो। यो अवधिसम्म कम्पनीको सञ्चालन मुनाफा पनि ६९.४३ प्रतिशतले घटेर ४ करोड २३ लाख रुपैयाँमा सीमित बनेको छ।

गत वर्ष यही अवधिसम्मा यस्तो मुनाफा १३ करोड ८४ लाख रुपैयाँ रहेको थियो। समीक्षा अवधिसम्म कम्पनीको खुद ब्याज आम्दानी १८.९० प्रतिशतले घटेर १५ करोड ९१ लाख रुपैयाँमा सीमित बनेको छ। गत वर्ष यही अवधिसम्म कम्पनीको यस्तो आम्दानी १९ करोड ६२ लाख रुपैयाँ रहेको थियो।

कम्पनीको रिजर्भको आकार ३.५३ प्रतिशतले घटेर २९ करोड २७ लाख रुपैयाँमा खुम्चिएको छ। गत वर्ष यही अवधिसम्म कम्पनीको रिजर्भमा ३० करोड ३४ लाख रुपैयाँ रहेको थियो।

चुक्तापुँजी १ अर्ब ४ करोड रुपैयाँ रहेको कम्पनीले समीक्षा अवधिसम्म ५ अर्ब ५८ करोड रुपैयाँ निक्षेप संकलन गरी ७ अर्ब ५४ करोड रुपैयाँ कर्जा परिचालन गरेको छ। गत वर्ष यही अवधिसम्म कम्पनीले ८ अर्ब ९८ करोड रुपैयाँ निक्षेप संकलन गरी ५ अर्ब ८३ करोड रुपैयाँ कर्जा परिचालन गरेको थियो।

समीक्षा अवधिसम्म कम्पनीको निष्क्रिय कर्जा (एनपीएल) बढेर १.५३ प्रतिशत पुगेको छ। गत वर्ष यही अवधिसम्म कम्पनीको निष्क्रिय कर्जा (एनपीएल) १.३२ प्रतिशत रहेको थियो।

कम्पनीको ईपीएस २१.१२ रुपैयाँबाट घटेर ५.६९ रुपैयाँमा झरेको छ। ईपीएसमा ७३.०५ प्रतिशतको गिरावट आएको हो। पीई रेसियो १०४.१५ गुणा रहेको कम्पनीको प्रतिसेयर नेटवर्थ १३२.१५ रुपैयाँ रहेको छ।

प्रकाशित मिति : January 23, 2022 at 10:24 am