१३ आश्विन २०८१, आईतवार | Mon Sep 30 2024

स्राेत नखुलेको १० लाख रूपैयाँसहित दुई जना पक्राउ

७ माघ, सप्तरी । सप्तरीमा स्रोत नखुलेको १० लाख रूपैयाँसहित दुई युवक पक्राउ परेका छन् । भारतबाट नेपाली रकम भित्र्याएको आंशकामा चेकजाँच गर्दा डाक्नेश्वरी-५ का २९ वर्षीय राजेशकुमार चौधरी र शम्भुनाथ नगरपालिका-१२ का २४ वर्षीय दिलीपकुमार मण्डललाई अवैध १० लाख रुपैयाँसहित पक्राउ गरेकाे प्रहरीले जनाएकाे छ ।

राजविराज–हनुमाननगर सडकखण्डअन्तर्गत छिन्नमस्ता अस्पताल अगाडि चेकजाँच गर्दा प्रदेश २-०१-००३ प ३४७८ नम्बरको मोटरसाइकलमा सवार उनीहरूको साथबाट नाै लाख ९० हजार रुपैयाँ बरामद गरेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जानकारी दिएको छ।

स्रोत नखुलेको अबैध रुपैयाँ मोटरसाइकल र आरोपित दुई युवकमाथि थप अनुसन्धान कार्यका लागि सुनसरीको राजश्व कार्यालय इटहरी बुझाइएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ७ माघ २०७८, शुक्रबार १६:०७