१३ आश्विन २०८१, आईतवार | Mon Sep 30 2024

खानतलासी गर्ने भन्दै पसलमा छिरेका प्रहरी मोबाइल चोरेर हिडेँ (भिडियोसहित)

७ माघ, कैलाली । खानतलासी गर्ने भन्दै धनगढीको एक पसलमा छिरेका एक जना प्रहरीले मोबाइल चोरेर भागेका छन । उनले मोमाइल चोरेर हिडेको सिसिटिभीको फुटेज नै सार्वजनिक भएको छ ।

धनगढीको ट्राफिक चोकमा रहेको ग्लोबल मोबाइल ग्यालरी नाम गरेको पसलमा लागूऔषध कारोबार भइरहेको छ भन्ने सूचना पाएकोले खानतलासी गर्न आएको भनेर प्रहरीले मोबाइल चोरेर हिडेँको र कारबाहीका लागि प्रहरीकोमा नै निवेदन दिएको सञ्चालक सुवास रावलले जानकारी दिए । जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख एसपी विश्व अधिकारीले यस विषयमा अनुसन्धान गरिरहेको जानकारी दिए ।

प्रकाशित मिति : ७ माघ २०७८, शुक्रबार ०९:१८