१७ कार्तिक २०८१, शनिबार | Sat Nov 2 2024

-रामलाल श्रेष्ठ

नेपाली बजारमा सिटामोल औषधी अभाव छ। ज्वरो र दुखाइ कम गर्न प्रयोग हुने सिटामोल कोभीड महामारीमा अति आवश्यक औषधी हो ।

औषधीको मूल्य निर्धारण मूख्य कारण 

नेपाल सरकारले औषधिको मूल्य तोक्न थालेको झन्डै दुई दशक पुग्न लाग्यो। दुइ दशक अगाडि सम्म नेपालमा खूला बजार प्रणाली अन्तर्गत स्वदेशी र विदेशी औषधी कम्पनीले औषधी आपूर्ति गर्ने गर्दथे । यो प्रणालीमा गुणस्तरिय औषधी उत्पादन गर्ने औषधि कम्पनीहरु औषधी व्यवस्था विभागमा दर्ता प्रक्रियामा सफल भइसके पछी कम्पनीले निर्धारण गरेको मूल्यमा बजारमा उपलब्ध हुन्थ्यो। गुणस्तरिय, असरयुक्त र सर्वसूलभ औषधी आपूर्ति गर्ने सरकारको औषधी निती २०५१ तिर लागू भयो। औषधी उत्पादनमा आत्मनिर्भर बन्दै विदेसी औषधी विस्थापित गर्ने निती औषधी नितीले लियो।

औषधी निती २०५१ लागु हुने समयमा नेपाली बजारमा भारतीय औषधी कम्पनिको हालीमुहाली थियो। भारतीय बजारमा स्थापित भएका भारतीय र संसारभर नाम चलेका बहुराष्टिय कम्पनिका औषधीहरु नेपाल सरकारले सजिलै दर्ता दरिदिने र नेपाली बजारमा सजिलै सर्भसूलभ रुपमा उपलब्ध हुन्थ्यो। भारत सरकारले औषधि उत्पादन र बिक्री वितरणमा लिने निती जस्तो हुन्थ्यो त्यसै अनुसार नेपालको औषधी बजार चलिरहेको थियो। नेपाल सरकारको आफ्नो नितीले नेपालको औषधी बजार चल्ने स्थिती थिएन।

औषधी निती २०५१ ले नेपालको औषधी उत्पादन, गुणस्तर र विक्री वितरणमा आफ्नो निती अनुसार चलाउन खोजेको देखिन्छ।औषधी उत्पादनमा आत्मनिर्भर बन्दै जाने निती लागू गर्न नेपाली उधमीहरुलाइ औषधी उत्पादनमा आकर्षित गर्नु आवस्यक थियो। नेपालमा कार्पेट, तयारी पोसाक र पस्मिना उधोगमा लागेका र नेपालमा पुस्तिनिक रुपले उधोग ब्यापारमा लागेका औधौगिक घरानालाइ औषधी उत्पादनमा आकर्षित गर्नु पर्ने थियो।

नेपालको औषधी उत्पादनको क्षेत्र आकर्षक क्षेत्र हो भन्ने तथ्यहरू दिदै आत्मनिर्भरको जग खन्नु पर्ने थियो। त्यसैगरी नेपालमा वैदेशिक लगानीको क्षेत्र खूला गरिसकेको पृष्ठभूमिमा औषधी उत्पादनमा बैदेसीक लगानी आकर्षित गर्ने बिभिन्न प्याकेजहरु धोषणा गरिनु पर्दथ्यो। नेपाली बजारमा सजिलै दर्ता गरेर औषधी बिक्री वितरण गरिरहेका भारतीय र बहुराष्टिय औषधी कम्पनीहरूको सम्मेलन आयोजना गरी औषधी उत्पादनमा लगानी गर्न आकर्षित गर्ने काम गरिनु पर्द्थयो।

औषधीको मूल्यमा हस्तक्षेप

औषधी निती २०५१ लागू गर्दै पहिलो काम औषधीको मूल्यमा सरकारले हस्तक्षेप गर्ने काम भयो। २०५२ /५३ तिर औषधीको मूल्यमा सरकारले हस्तक्षेप गर्ने भन्दै सिटामोल (paracetamol) ट्यावलेट, सिरप र सलाइन पानीमा मूल्य तोक्ने काम भयो। त्यतिखेर नेपाली बजारमा नेपाली औषधि लिमिटेडको सिटामोलले बिदेसी बहुराष्टिय कम्पनीको क्रोसिन (फाइजर), कालपोल (स्मिथल्क्याइन), प्यासिमोल ((ipca) लगायत थुप्रै नामका सिटामोलहरुसंग प्रतिस्पर्धा गर्दै थियो ।

यो प्रतिस्पर्धामा नेपालको सिटामोल सबैभन्दा चलेको सिटामोलको नाम थियो। बजारमा कम्पनी पिच्छे सिटामोलको मूल्य फरक फरक थियो। सबैभन्दा महँगो क्रोसिन र कालपोल नै थियो। त्यतिखेर क्रैसिन र कालपोल एक चक्कीको मूल्य एक रुपिया प्रति ट्याब्लेट थियो। नेपाल सरकारले सिटामोल प्रतिगोटा ५०० एम जी को पचास पैसा मूल्य निर्धारण गर्ने काम भयो।

यो मूल्य निर्धारण पछी नेपाली बजारवाट क्रोसिन, कालपोल र प्यासिमोल जस्ता सिटामोल बजारमा टिक्न सकेनन। नेपाल सरकारले तोकेको दर रेटमा बिदेसी औषधी आयातकर्ताले सिटामोल आयात गर्न सकेनन। जसले गर्दा सिटामोहको बजार खाली भयो। यो सिटामोलको बजार स्वदेशी औषधी उत्पादनले भर्ने नेपाल सरकारको निती थियो। यो देखेपछी नेपालको औषधी निती प्रति धेरैको ध्यान गयो।

औषधी उत्पादनमा लाग्ने सोचमा लागेका केही हामफाले। तर गुणस्तरिय औषधी उत्पादन संहिता समेत लागू भैसकेको परिस्थितिमा औषधी उत्पादनमा थुप्रो लगानी गर्नुपर्ने स्थिति निर्माण भैसकेको थियो। एकातिर गुणस्तरिय औषधी निर्माण गर्नै पर्ने बाध्यता र अर्कोतिर सरकारले तोकेको मूल्यमा औषधी बेच्नु पर्ने वाध्याताले गर्दा नेपालको औषधी बजारमा गुणस्तरिय भारतीय र बहुराष्टिय कम्पनीको औषधी अभाव हुदै जान थाल्यो।

यो अभाव स्वदेशी औषधी कम्पनीले पुरा गर्ने जुन आकर्षण पैदा गर्न खोजिएको थियो सरकरी मूल्य निर्धारण त्यसको बाधक बन्न पुग्यो। स्वदेशी औषधी उधोग जति खुले ति सबै मूल्य निर्धारण नभएको औषधी निर्माण मा केन्द्रित भए। सबैभन्दा पहिले मूल्य निर्धारण भएको सिटामोल २०६० तिर नेपाल औषधी लिमीटेट आफै धरासयी भयो। सिटामोलको बिक्रीमा बाचेको शाही औषधी लिमीटेट सिटामोलको सरकारी मूल्य निर्धारणले बन्द हुने स्थितीमा पुग्यो। निजी क्षेत्रका औषधी उधोगहरुले मूनाफा कम देखेर सिटामोल उत्पादनमा चासो राखेनन।

जिवनजलको अभाव सिटामोलकै जस्तो छ

नेपाली औषधि बजारमा जिवनजलको अभाव पनि सिटामोलकै स्थितीमा छ। नेपाल सरकारले सिटामोल पछी जिवनजलको मूल्य निर्धारण गर्ने काम २०५९/६० तिर नै गरेको हो। सिटामोल जस्तै शाही औषधी लिमिटेडको जिवनजल निकै चलेको औषधी थियो।

शाही औषधी लिमीटेट सिटामोल र जिवनजल दुइ औषधीवाट राम्रो संग चलिरहेको थियो। जिवनजलको मूल्य निर्धारण भएपछी नेपाली बजारमा क्रमस जिवनजलको पनी अभाव सुरु भयो। आजभोली बजारमा स्वदेशी बिदेसी कुनै पनी खाले जिवनजल उपलब्ध छैन। क्रमशः

(औषधी व्यवसायी श्रेष्ठले सामाजिक सञ्जलमा गरेको टिप्पणी सान्दर्भिक भएकाले यहाँ साभार गरिएको हो ।-सम्पादक )

प्रकाशित मिति : ७ माघ २०७८, शुक्रबार ०८:२२