१३ आश्विन २०८१, आईतवार | Sun Sep 29 2024

जजरकोटमा पहिरोमा पुरिएर एकै परिवारका चारसहित पाँच जनाको मृत्यु

२० साउन, काठमाडाैँ । जाजरकोटको भेरी नगरपालिका–३ ठाँटीबजार नजिक पहिरो जाँदा तीर्थ बोहरा र गोपाल सुनारको घर पहिरोले पुरिदाँ एकै परिवारका चारसहित पाँचजनाकाे मृत्यु भएकाे छ ।

प्रहरीका अनुसार पहिरोमा पुरिएर मृत्यु हुनेमा २७ वर्षकी सितली लोहार, १० वर्षीय रञ्जजन लोहार, ६ वर्षीय मनिष लोहार, ३ वर्षीय भगवति लोहार र ८ वर्षका नोजमा बोहरा रहेका छन । मृतक मध्ये चार जना एकै परिवारका हुन ।  तीर्थ बोहराको घरमा डेरा गरी बस्ने लालबहादुर लोहारको भने जीवित उद्धार गरी जिल्ला अस्पतालमा उपचार भइरहेको छ ।

 

गोपाल सुनारको घरसमेत पुरिएकाले उद्धारकार्य जारी रहेको प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतले जानकारी दिनुभयो । अहिले घटनास्थलमा सेना, प्रहरी, सशस्त्र प्रहरीको सक्रियतामा उद्धारकार्य जारी रहेको छ ।

प्रकाशित मिति : २० श्रावण २०७५, आईतवार १२:३९