१३ आश्विन २०८१, आईतवार | Sun Sep 29 2024

चैतेहरुलाई टिका लगाएर नेतृत्व दिएको भन्दै विवेकशील साझामा भाँडभैलो (भिडियोसहित)

१९ साउन, काठमाडौँ । विवेकशील साझा पार्टीले नेतृत्व चयनमा टिके प्रथा हावी गराएपछि युवाहरु असन्तुष्ट बनेका छन । नेताको चाकरी गर्ने र अघिपछि गर्ने चैतेहरुलाई पार्टीको जिम्मेवारी दिइएको भन्दै ठूला संख्याका युवाहरुले विद्रोहको चेतावनी समेत दिएका छन ।

विवेकशील साझाको शनिबार प्रदेश ३ का जिल्ला संयोजकहरु घोषणा कार्यक्रममा भाँडभैलो मच्चिएको हो । पार्टी नेतृत्वले जिल्ला संयोजकहरुको घोषणा गरे लगतै युवाहरुको एउटा समूहले असन्तुष्टि जनाएको हो ।

पार्टी नेतृत्वले रातारात जिल्ला संयोजक तोकेको, गलत प्रवृत्तिका मानिसहरुलाई पार्टीमा प्रवेश गराएको आरोप लागउँदै उनीहरुले बिद्रोहको चेतावनी समेत दिएका छन ।

प्रकाशित मिति : २० श्रावण २०७५, आईतवार ११:५०