१३ आश्विन २०८१, आईतवार | Sun Sep 29 2024

फाइनान्सहरूको वित्तीय स्थिति सुधारोन्मुख

२० साउन, काठमाडाैँ । विभिन्न बैंक तथा वित्तीय संस्थाले यतिखेर गत आर्थिक वर्षको वित्तीय विवरण धमाधम प्रकाशित गर्दै आएका छन् । अन्य कम्पनीको तुलनामा बैंक तथा वित्तीय संस्थाहरूको वित्तीय विवरणप्रति आम सर्वसाधारणको चासो बढी छ ।

पुँजी बजारमा भइरहेको दिनहुँको गिरावटका कारण पनि यसपटक बैंक तथा वित्तीय संस्थाको वित्तीय विवरणप्रति धेरैको चासो छ । नेपाल राष्ट्र बैंकले नयाँ फर्मुलामा कम्पनीको वित्तीय विवरण प्रकाशित गर्न निर्देशन जारी गरेको भए पनि हाल अधिकांश कम्पनीले पुरानै फर्मुलामा वित्तीय विवरण प्रकाशित गर्दै आएको स्थिति छ ।

शुक्रबारसम्म प्रकाशित भएका वित्तीय विरणको आधारमा फाइनान्स कम्पनीहरूको स्थिति त्यति सन्तोषजनक देखिएको छैन । नेपाल राष्ट्र बैंकबाट ‘ग’ वर्गको वित्तीय संस्थाको रूपमा अनुमति पाएका फाइनान्स कम्पनीहरूले अझै नेपाल राष्ट्र बैंकले तोके अनुसारको चुक्ता पुँजी पु¥याउन सकेका छैनन् ।

पहिलो चरणमा प्रकाशित वित्तीय विवरणअनुसार फाइनान्सहरूको अवस्था सुधारोन्मुख रहेको भए पनि सन्तोषजनक भने देखिएको छैन ।आधाभन्दा बढी कम्पनीले प्रकाशित गरेको वित्तीय विवरणका आधारमा फाइनान्स कम्पनीहरूको अझै पनि वित्तीय स्वास्थ्यमा व्यापक सुधार गर्नपर्ने देखिन्छ । १५ वटा कम्पनीमध्ये ७ वटा कम्पनीले नाफा बढाएका छन् भने ८ वटा कम्पनीले नाफा घटाएका छन् ।

नेपाल राष्ट्र बैंकबाट ‘ग’ वर्गको वित्तीय संस्थाको रूपमा अनुमति पाएका फाइनान्स कम्पनीहरूको संख्या २५ वटा रहेको छ । जसमा राष्ट्रियस्तरका २२ वटा, एकदेखि तीन जिल्ला कार्यक्षेत्र रहेका कम्पनी २ वटा र एक जिल्लामात्रै कार्यक्षेत्र भएको फाइनान्स कम्पनी एउटा रहेको छ । यी कम्पनीमध्ये शुक्रबारसम्म १५ वटा कम्पनीले मात्रै आर्थिक वर्ष २०७४÷७५ को चांैथो त्रैयमासको वित्तीय विवरण प्रकाशित गरेका छन् ।

आधाभन्दा बढी कम्पनीले प्रकाशित गरेको वित्तीय विवरणका आधारमा फाइनान्स कम्पनीहरूले अझै पनि वित्तीय स्वास्थ्यमा व्यापक सुधार गर्नपर्ने देखिन्छ । १५ वटा कम्पनीमध्ये ७ वटा कम्पनीले नाफा बढाएका छन् भने ८ वटा कम्पनीले नाफा घटाएका छन् ।
अहिलेसम्म ८० करोड रुपियाँभन्दा माथि चुक्ता पँुजी पु¥याउने फाइनान्स कम्पनी ७ वटा रहेका छन् । जसमा सबैभन्दा बढी चुक्ता पुँजी आइसीएफसी फाइनान्सको रहेको छ । यस कम्पनीको ८८ करोड २१ लाख रुपियाँ चुक्ता पुँजी रहेको छ ।

त्यस्तै ८० करोड रुपियाँ चुक्त पुँजी पु¥याएका फाइनान्स कम्पनीहरूमा पोखरा फाइनान्स, मञ्जुश्री फाइनान्स, युनाइटेड फाइनान्स, श्रीइन्भेष्टमेन्ट एन्ड फाइनान्स, गुडविल फाइनान्स र गुहेश्वरी मर्चेन्ट बंैकिङ एन्ड फाइनान्स रहेका छन् । अहिलेसम्मको वित्तीय विवरणलाई आधार मान्दा सबैभन्दा कम चुक्ता पुँजी वल्र्ड मर्चेन्ट एन्ड फाइनान्सको रहेको छ । यस कम्पनीको चुक्ता पुँजी जम्मा १८ करोड १९ लाख रुपियाँ रहेको छ ।

त्यस्तै यी फाइनान्स कम्पनीमध्ये सबैभन्दा बढी नाफा कमाउनेमा जानकी फाइनान्स रहेको छ । यस फाइनान्स कम्पनीले गत आर्थिक वर्षमा १३ करोड ३८ लाख रुपियाँ नाफा कमाएको छ । यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा २९ प्रतिशतले वृद्धि गरेको छ ।

यसैगरी सिर्जना फाइनान्स कम्पनीले १२ करोड २१ लाख रुपियाँ कमाएको छ । यस कम्पनीको नाफा उच्च देखिए पनि अघिल्लो वर्षको तुलनामा भने कम्पनीको नाफा ७ दशमलव ९१ प्रतिशतले कम हो । सबैभन्दा कम नाफा कमाउनेमा प्रोगे्रसिभ फाइनान्सको रहेको छ । यस कम्पनीले एक वर्षमा जम्मा ३५ लाख रुपियाँमात्रै कमाएको छ ।

अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्षमा सबैभन्दा बढी नाफा कमाउनेमा हाथवे फाइनान्स र वल्र्ड मर्चेन्ड एन्ड फाइनान्स कम्पनी रहेका छन् । यी कम्पनीले क्रमशः २८९ दशमलव २२ प्रतिशत र १४२ दशमलव ५५ प्रतिशतले वृद्धि गरेका छन् । अघिल्लो वर्ष ५२ लाख रुपियाँ नोक्सानमा रहेको वेस्ट फाइनान्सले यस वर्ष ४ करोड ४२ लाख रुपियाँ नाफा कमाएको छ ।

–नेपाल समाचारपत्र दैनिक

प्रकाशित मिति : २० श्रावण २०७५, आईतवार ०८:२०