२७ आश्विन २०८१, आईतवार | Sun Oct 13 2024

कांग्रेसबाट निर्वाचित वडाध्यक्ष एमालेमा प्रवेश गरेपछि पद रिक्त, आयोगले जारी गर्‍याे सूचना

४ माघ, काठमाडाैँ । रुपन्देहीको शुद्धोधन गाउँपालिका-७ वडाध्यक्षविहीन भएकाे छ । नेपाली कांग्रेसबाट निर्वाचित वडाध्यक्ष शिवपुजन बानियाँ एमालेमा प्रवेश गरेपछि वडा करिब एक महिनादेखि वडाध्यक्षविहीन छ ।

पद रिक्त रहेकाे जानकारी निर्वाचन आयाेगले सार्वजनिक सूचना जारी गरेर दिएकाे छ । स्थानीय तहका जनप्रतिनिधिले दल परिवर्तन गरेमा जनप्रतिनिधिबाट हट्नुपर्ने व्यवस्था छ । याे जानकारी निर्वाचन आयाेगलाई दिनुपर्छ ।

प्रकाशित मिति : ४ माघ २०७८, मंगलवार १०:४७