२७ आश्विन २०८१, आईतवार | Sun Oct 13 2024

नेपालमा ६ हजार ७३४ जनामा कोरोना संक्रमण पुष्टि

३ माघ, काठमाडौँ । नेपालमा पछिल्लो २४ घन्टामा ६ हजार ७३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य मन्त्रालयले सोमबार जारी गरेके तथ्यांकअनुसार १७ हजार ४६५ वटा नमुना परीक्षण गर्दा ६ हजार ७३४ जनामा कोरोना पोजेटिभ देखिएको हाे ।

मन्त्रालयका अनुसार १४ हजार १४ जनामा गरिएको पीसीआर परीक्षणमा पाँच हजार ७४७ जनामा र तीन हजार ४५१ जनामा एन्टिजेन परीक्षण गर्दा ९८७ जनामा संक्रमण देखिएको हो । योसँगै देशभर सक्रिय संक्रमितको ३० हजार ८७७ पुगेको छ ।

पछिल्लो २४ घन्टामा ५७४ जना डिस्चार्ज भएका छन् भने तीनजनाको मृत्यु भएको छ ।

प्रकाशित मिति : ३ माघ २०७८, सोमबार १६:३९