४ चैत्र २०८२, बुधबार | Thu Mar 19 2026

बुद्धभुमिको शेयर स्पेशल प्रि ओपन सेसनमा कारोबार भएन

३ माघ, काठमाडाैँ । स्पेशल प्रि ओपन सेसनमा बुद्धभुमि नेपाल हाइड्रोपावर कम्पनी लिमिटेडको पहिलो कारोबार भएन। आइतबार कम्पनीको शेयर नेप्सेमा सूचीकृत भएको थियो।

यस अनुसार कम्पनीको शेयर आज स्पेशल प्रि ओपन सेसनमा कारोबार हुनु पर्ने थियो। तर, आज सो सेसनमा पहिलो कारोबार भएन। अब कम्पनीको शेयर भोलि स्पेशल प्रि ओपन सेसनमा कारोबार हुनेछ। सो सेसनमा कारोबार भएपश्चात मात्र कम्पनीको शेयर नियमित बजारमा कारोबार हुनेछ।

नेप्सेले पहिलो कारोबारका लागि प्रतिकित्ता न्युनतम ८४ रूपैयाँ ०५ पैसादेखि अधिकतम २५२ रुपैयाँ १५ पैसा ओपनिङ रेञ्ज प्रदान गरेको थियो।

प्रकाशित मिति : ३ माघ २०७८, सोमबार ११:०२