१३ आश्विन २०८१, आईतवार | Sun Sep 29 2024

कांग्रेसको ठहरः एसएसली फेल जोशीलाई प्रधानन्यायाधीश नबनाउनु न्यायालयमाथिको हस्तक्षेप

१९ साउन, काठमाडौं । प्रमुख विपक्षी नेपाली कांग्रेसले एसएसली फेल भएको नाममा जोशीलाई प्रधानन्यायाधीश नबनाउनु राजनीतिक पूर्वाग्रह भएको जनाएको छ । कांग्रेस शीर्ष नेताहरुको शनिबार बसेको बैठकले शैक्षिक अयोग्ता देखाएर जोशीको नाम संसदीय सुनुवाई विशेष समितिबाट अस्वीकृत गर्नु राजनीतिक पूर्वाग्रह बाहेक केही नभएको कांग्रेसले जनाएको छ ।

फाइल तस्बीर ।

जोशीको अयोग्ता प्रस्तुत गर्दै प्रधानन्यायाधीशमा अनुमोदन नगर्नु भनेको स्वतन्त्र न्यायपालिकामाथिको आक्रमण हो कांग्रेस नेताहरुले बैठकमा बताएका छन । कांग्रेसले जोशीका शैक्षिण प्रमाणपत्र शंकास्पद रहेको र जन्ममिति फरक भएको भए न्याय परिषद्ले संवैधानिक परिषद्लाई किन गुमराहमा राख्यो भन्ने प्रश्न पनि उठाएको छ ।

 

प्रकाशित मिति : १९ श्रावण २०७५, शनिबार १८:१०