६ जेष्ठ २०८१, आईतवार | Sun May 19 2024

रुसमा  हेलिकप्टर दुर्घटना हुँदा १८ जनाकाे मृत्यु


१९ साउन, काठमाडौं । रुसमा  हेलिकप्टर दुर्घटना हुँदा १८ जनाकाे मृत्यु भएकाे छ । रुसी आपतकालिन मन्त्रालयका अनुसार एमआई-८ हेलिकप्टर बिहान साइबेरियाको उत्तर पश्चिमी क्रासोनास्क क्षेत्रमा दुर्घटना भएको थियो । साइबेरियामा भएको दुर्घटनामा  १५ यात्रु र ३ चालकदलका सदस्य गरी सबै १८ जनाको मृत्यु भएको छ ।

बीबीसीका अनुसार दुर्घटनाग्रस्त हेलिकप्टरले एक आयल स्टेशनमा कामदारहरु बोकेकाे थियो । दुर्घटनाको छानबिन भइरहेको छ । प्रारम्भिक अध्ययनअनुसार हेलिकोप्टर उड्नासाथै अर्को हेलिकप्टरले बोकेको कार्गोसँग हेलिकप्टरको प्रोपेलर ब्लेड ठोक्किएको थियो ।

रुसको यातायात मन्त्रालयले भनेको छ, ‘दोस्रो हेलिकप्टर भने सुरक्षित रुपमा अवतरण भयो र उक्त घटना हँुदा मौसमी अवस्था सामान्य थियो ।’

प्रकाशित मिति : १९ श्रावण २०७५, शनिबार १६:०७