१३ आश्विन २०८१, आईतवार | Sun Sep 29 2024

प्रधानन्यायाधीशमा अयोग्य जोशीको हठः पेसी मै तोक्छु, पत्र थमाएर पदमुक्त गर्ने तयारी

१९ साउन, काठमाडाैँ । संसदीय सुनुवाइबाट प्रधानन्यायाधीशका लागि अायोग्य ठहर भएका कामु प्रधानन्यायाधीश दीपकराज जोशीले पेश अाफैँले तोक्ने हठ प्रस्तुत गरेका छन । संसदीय सुनुवाइको दुईतिहाइबाट अस्वीकृत भएपछि दीपकराज जोशीले कामु प्रधानन्यायाधीशकै हैसियतमा काम गर्ने बताएका हुन ।

प्रधानन्यायाधीशमा अस्वीकृत भइसक्नुभयो अब के गर्नुहुन्छ भन्ने नयाँ पत्रिकाको प्रश्नमा उनले संक्षिप्त प्रतिक्रिया दिँदै भनेका छन, ‘अस्वीकृत भएर के भो र ? न्यायालयमै बसेर काम गर्छु । कामु प्रधानन्यायाधीश मै हुँ, मैले पेसी नतोके कसले तोक्छ ? संविधानको व्यवस्थाअनुसार पनि वरिष्ठ न्यायाधीशले नै पेसी तोक्छ ।’ जाेशीले यति ठूलाे  विवादमा छानिवन गरेर अघि बढ्न सहयाेग गर्नपर्नेमा त्यता भने कुनै ध्यान नै दिएका छैनन् ।

जोशीले हठ नत्यागे न्यायपरिषद्का सचिवले पत्रलेखेर जोशीलार्इ विदा दिने विषयमा पनि छलफल भइरहेको छ । सर्वोच्चको नयाँ नेतृत्वका लागि जोशी बाधक बन्ने र न्यायपरिषद्ले  पनि पत्र काटेर विदा गर्न नसके जोशीलार्इ महाअभियोग लगाएर पदमुक्त गर्ने विकल्पमा समेत छलफल चलिरहेको छ ।

प्रकाशित मिति : १९ श्रावण २०७५, शनिबार ०७:२७