२३ बैशाख २०८१, आईतवार | Sun May 5 2024

यस्तो छ आज सुनचाँदीको मूल्य


२५ पुस, काठमाडौं । नेपाली बजारमा सुनचाँदीको मूल्य स्थिर रहेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार शुक्रबारकै बिक्रीदरमा आज सुनको मूल्य निर्धारण भएको छ।

महासंघले आइतबार छापावाल सुन प्रतितोला ९१ हजार ६ सय रुपैयाँ कायम भएको जनाएको छ ।

तेजावी सुनको मूल्य तोलाको ९१ हजार एक सय रुपैयाँ निर्धारण भएको छ । यो साताको भाउ हेर्दा सुनको मूल्यमा बारम्बार घटेको अवस्था सिर्जना भएको देखिन्छ । यसअघि, बिहीबार छापावाल सुन तोलाको ९२ हजार तीन सय रुपैयाँमा कारोबार भएको थियो भने शुक्रबार छापावाल सुन तोलाको ९१ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो ।

यता, चाँदीको भाउ पनि प्रतितोला १२ सय २५ रुपैयाँ कायम भएको छ । बिहीबार चाँदीको भाउ प्रतितोला १२ सय ३५ रुपैयाँमा कारोबार भएको थियो ।

प्रकाशित मिति : २५ पुष २०७८, आईतवार ११:२८