१३ आश्विन २०८१, आईतवार | Sun Sep 29 2024

एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालको १ रनको रोमाञ्चक र एेतिहासिक जित

१८ साउन, काठमाडाैँ । एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालले रोमाञ्चक र ऐतिहासिक जित हात पारेको छ । एकदिवसीय मान्यता पाएको साढे चार महिनापछि डेब्यू गरेको नेपालले शुक्रबार भएको एकदिवसीय खेलमा पहिलो जित पाएको हो ।

नेपालले नेदरल्यान्ड्ससँगको दोस्रो एकदिवसीय खेलमा १ रनको रोमाञ्चक जित हात पारेको हो। नेपालले दिएको २ सय १७ रनको लक्ष्य पछ्यएको नेदरल्यान्ड्सले अन्तिम बलमा २ सय १५ रनमा अलआउट भयो।  अन्तिम ओभरमा नेदरल्यान्डलाई जितका लागि ६ रन चाहिएको थियो। अन्तिम ६ बल गर्न नेपालका कप्तान पारस खड्का आएका थिए ।

सुरुवाती ५ बलमा नेदरल्यान्ड्सले ४ रन लिएपछि जितका लागि अन्तिम बलमा २ रन चाहिएको थियो । तर अन्तिम बलमा क्लासनलाई परासले रनआउट गरेपछि नेपालले ऐतिहासिक जित हात पारेको हो।योसँगै २ खेलको सिरिज १-१ को बराबरीमा सकिएको छ।

प्रकाशित मिति : १८ श्रावण २०७५, शुक्रबार २३:००