१३ आश्विन २०८१, आईतवार | Sun Sep 29 2024

धानुषाको दशगाजा क्षेत्रमा अज्ञात समूहद्धारा २५ वर्षीय राजेश यादवको गोली हानी हत्या

१८ साउन, काठमाडौँ । धानुषाको दशगाजा क्षेत्रमा अज्ञात समूहले २५ वर्षीय राजेश यादवको गोली हानी हत्या गरेको छ । धनुषाको जनकनन्दनी गाउँपालिका –१, इनरवामा गोली प्रहार गरी कमला नगरपालिका –८, का २५ वर्षीय राजेश यादवको हत्या भएको प्रहरीले पुष्टि गरेको छ ।

नचिनेका मानिसको समूहले यादवलाई बिहीबार राति १ बजे तिर नै हत्या गरे पनि बिहान ७ बजेर ४० मिनेटमा प्रहरीलाई स्थानीयबासिन्दाले जानकारी गराएका थिए । मृतक यादवको कन्चटमा २ गोली र काखीमा एक गोली गरी तीन गोली लागेको छ ।

प्रहरीका अनुसार घटनास्थलबाट एउटा पेस्तोल, गोलीको तीनवटा खोका र ज ५ प ६३२१ नम्बरको मोटरसाइकल समेत बरामद भएको छ । घटना नेपाल भारतको सीमाना दशगजाभन्दा ५ सय मिटरभित्र भएकाले गोली प्रहार गर्ने समूह भारततिरको हुन सक्ने र मृतक यादवसमेत आपराधिक जस्तो देखिएको प्रहरीका आशंका गरेको छ ।

प्रकाशित मिति : १८ श्रावण २०७५, शुक्रबार १९:३९