१३ आश्विन २०८१, आईतवार | Sun Sep 29 2024

जोशी अस्वीकृत भएपछि सर्वोच्च अदालतको नेतृत्वमा मिश्र कि राणा ?

१८ साउन, काठमाडौँ । प्रस्तावित प्रधानन्यायाधीश दीपकराज जोशी संसदीय सुनुवाई विशेष समितिबाट अस्वीकृत भएपछि सर्वोच्च अदालतको नेतृत्व कसले लिन्छ भन्ने चासोको विषय बनेको छ । भावी प्रधानन्यायाधीश हुन योग्यता पुगेका न्यायाधीशद्वय ओमप्रकाश मिश्र र चोलेन्द्र शमशेर राणा अबको मुख्य दौडमा रहनेछन् ।

न्यायाधीश हुनका लागि संविधानले तोकेको ३ वर्ष सर्वोच्च अदालतको स्थायी न्यायाधीशमा रही कार्य गरिसकेको हुनुपर्ने योग्यता दुबै जनामा रहेको छ । न्यायपरिषद्ले संवैधानिक परिषद्लाई प्रधानन्यायाधीश हुनका लागि योग्य न्यायाधीशको नाम सिफारिश गर्दा रोस्टरमा समावेश गरिएकाले उनीहरुमध्ये एकले नेतृत्व पाउने करिब निश्चित छ ।

राणाभन्दा मिश्र वरिष्ठ भएकाले र उनी छोटो समयका लागि प्रधानन्यायाधीश हुने भएकाले उनको नाम संवैधानिक परिषद्ले सिफारिस गर्ने अनुमान गरिएको छ । त्यसका लागि आइतबार साँझ वा सोमबार संवैधानिक परिषद्को बैठक बस्ने बुझिएको छ । मिश्र र राणा २०७१ जेठ १३ मा सर्वोच्च अदालतको स्थायी न्यायाधीश भएका थिए ।

प्रकाशित मिति : १८ श्रावण २०७५, शुक्रबार १९:२२