१७ फाल्गुन २०८२, आईतवार | Mon Mar 2 2026

नेपाल टस जितेर ब्याटिङ गर्दै

१८ साउन,काठमाडौँ । नेदरल्यान्ड्सविरुद्धको दोस्रो एकदिवसीय अन्तराष्ट्रिय क्रिकेट खेलमा नेपाल टस जितेर अहिले ब्याटिङ गरिरहेको छ ।नेदरल्याण्ड्सस्थित भिआरए मैदानमा उक्त खेल भइरहेको छ । दुई खेलको शृंखलामा नेपाल यसअघि बुधबार पहिलो खेलमा नेदरल्याण्ड्ससँग ५५ रनले पराजित भएको थियो ।

नेपाली टोलीमा पारस खड्का (कप्तान), अनिलकुमार साह, वसन्त रेग्मी, दीपेन्द्रसिंह ऐरी, ज्ञानेन्द्र मल्ल, करण केसी, ललितसिंह भण्डारी, ललित राजवंशी, आरिफ शेख, रोहितकुमार पौडेल, सन्दीप लामिछाने, शक्ति गौचन, शरद भेषवाकर, सोमपाल कामी र सुवास खकुरेल छन् ।

नेदरल्यान्ड्स टोलीमा पिटर सिलार (कप्तान), वेस्ले बारेसी, बास डे लिडी, बेन कुपर, स्कट इडवार्ड्स, फ्रेड क्लासन, हिडे ओभरजिक स्टेफिन माइबुर्घ, पाउल भान मीकेरेन, म्याक्स ओडोड, हिडी ओभरजिक्स, मिचेल रिप्पोन, सेन स्टनर, ड्यानियल टेर ब्राक छन् ।

प्रकाशित मिति : १८ श्रावण २०७५, शुक्रबार १४:५७