१८ असार २०८१, मंगलवार | Wed Jul 3 2024

बंगबंधु शेख मुजीव बन्धु म्याराथनमा सहभागीता जनाउने नेपाली खेलाडीलाई बिदाई


२२ पुस, काठमाडाैँ । बंगलादेशमा आयोजना हुने बंगबंधु शेख मुजीव बन्धु म्याराथन प्रतियोगितामा सहभागीता जनाउने नेपालका तीन खेलाडीलाई बिदाई गरिएको छ ।

बिहीबार सिंहदरबारमा युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराजले खेलाडी तथा प्रशिक्षकलाई बिदाइ गरेका हुन् । ४२ किलोमिटर दुरीको फुल म्याराथनमा नेपालका किरण बोगटी, नरेन्द्र सिंह रावत र पुष्पा भण्डारीले प्रतिस्पर्धा गर्ने छन् । बिदाई कार्यक्रममा खेलाडीहरुलाई बिदाई गर्दै मन्त्री गहतराजले जितका साथ नेपालको गौरब बढाउन आग्रह गरे ।

पछिल्लो समय खेलाडीहरुको सम्मानकालागि सरकार गम्भीर भएको बताउँदै मन्त्री गहतराजले पुरस्कार तथा सम्मान कार्यविधि बनाउने जानकारी दिए । उनले मन्त्रालयको ध्यान खेलकुदको पूर्वाधार निर्माण रहेको पनि बताए । जनवरी १० मा बंगलादेशमा हुने म्याराथनमा १५ राष्ट्रको सहभागीता हुने नेपाली टिमका प्रशिक्षक चन्द्र गुरुङले जानकारी दिए ।

प्रकाशित मिति : २२ पुष २०७८, बिहीबार १४:२५