१३ आश्विन २०८१, आईतवार | Sun Sep 29 2024

रसुवालीको दैनिकीः पहिरो खसिरहन्छ लौ आयो भन्दै मान्छे हिँडिरहन्छन (भिडियोसहित)

१८ साउन, रसुवा । प्रदेश नम्बर ३ अन्तर्गतको रसुवा जिल्लामा बसोबास गर्ने मानिसको जिन्दगी निकै कष्टकर रहेको छ । मानववस्तीको आसपासमा पहिरो नै पहिरो रहेका कारण राति बस्दामात्र होइन बाटोमा हिड्दा समेत धेरै रसुवाली जनता पहिरोको डर हुन्छन । रसुवाको जिवजिवेबाट कालिकास्थानसम्म आउने र जानेबाटो निकै निष्टपूण रहेको छ ।

पहिरोको बीचमा हिड्नुपर्दा उक्त बाटो प्रयोगकर्ताहरु भगवनलाई पुकारेर हिड्ने गरेका छन । मान्छे हिड्दै गर्छन पहिरो झर्दैगर्छ जोगिर हिड्ने त्यसभेगका स्थानीयको बाध्यता हो । निर्वाचनमा समयमा प्रतिमतदाता पाँच हजार बढी बितरण गरेँ भनेर काठमाडौँमा गफ दिने माननीयलाई यस्तो अवस्थाले छुन सकेको छैन ।

चुनाव अघिहोस वा पछि यस्तो अवस्था र जनताको कष्टपूर्ण दैनिकीमा नेताहरुको त्यती ध्यान जान सकेको छैन । जिवजिवे घरभएकी सविता देवाकेटा बाटोको विकल्प नभएका कारण जहिल्यै त्रासमा यात्रा गर्नुपर्ने बाध्यता रहेको बताउँछिन । उनी भन्छिन ‘हिउँदको समयमा त सवारी पनि चल्छ तर वर्षातको समयमा पहिरोसँगै मान्छे हिड्नुपर्छ ।’

रसुवा कालिकाका प्रेमप्रसाद पौडेल सके झोलुङ्गे पुल नसके तुइनमात्र भने पनि राखेर त्यसभेगका जनताको दैनिकी सहज बनाइदिनुपर्ने बताउँछन । उनले जनताकाे जीवनस्तर उकास्ने र दैनिक जीवन सहज बनाउनका लागि नेता र निकाय कसैले काम नगरेको बताउँछन ।

हेर्नुहोस् भिडियो ।

 

प्रकाशित मिति : १८ श्रावण २०७५, शुक्रबार १४:११