१३ आश्विन २०८१, आईतवार | Sun Sep 29 2024

भ्रष्टाचारले दुर्गन्धित बन्यो नुवाकोटको बेलकोटगढी, बृद्धभत्ता र द्धन्द्धपीडितका नाममा कराेडाैँको लुट !

१८ साउन, काठमाडौँ । नुवाकोटको बेलकोटगढी नगरपालिका भ्रष्टाचारले दुर्गन्धित बनेको छ । वर्षौदेखि नक्कली कगजात तयार गरेर भ्रष्टाचार गर्न माहिर ठहरिएका व्यक्तिहरुले समग्रमा नगरपालिकाकै बेइजत गरेका छन ।

माओवादीको सशस्त्र द्धन्द्धको समयमा राज्यस्रोतको चरम दोहन गरेका तत्कालीन कुमरी गाविसका प्राविधिक सहायक हाल बेलकोटगढी नगरपालिका वडा नम्बर २ का वडा अध्यक्ष रमेश न्यौपाने माथि लागेको बृद्धभत्ताको रकम कुम्ल्याएको अभियोग छानविनकै क्रममा रहेको समयमा न्यौपानेले नक्कली द्धन्द्धपीडित सिर्जना गरी राज्यस्रोतमा लुट मच्चाएको न्युज २४ टेलिभिजनले अारोप लगाएको छ । न्याैपानेका विरूद्धमा न्वारनदेखिकै बल खर्च गरेर केही व्यक्तिले चरित्र हत्या गर्न खोजेको भन्दै उनका शुभचिन्तक भने स्तब्ध भएका छन ।

पछिल्लो पटक कानुन बनाएर जनतामाथि बैधानिक रुपमा लुट मच्चाइरहेका जनप्रतिनिधिहरुलाई यसको कुनै परवाह नै छैन । न्युज २४ को सीधाकुरा जनतासँग कार्यक्रमले न्यौपानेले लुटको अारोपमा एउटा रिपोर्ट प्रस्तुत गरेको छ जुन सत्यताको विषयमा सम्बन्धित निकायले छानविनपछि निकास ननिकाली केही भन्न सकिदैन ।

हेर्नुहोस् भिडियो

प्रकाशित मिति : १८ श्रावण २०७५, शुक्रबार ११:२२